१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतको सीमाक्षेत्र विराटनगरमा भारतीय सुरक्षाकर्मीले किन चलाए गोली ?

२० बैशाख २०७९, मंगलवार ०२:४४

वैशाख २०, काठमाडाैं | नेपाल–भारतको  सीमाक्षेत्र  विराटनगर–१८,  इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले बिनाकारण हवाई फायर गरेको छ ।

सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउन्ड हवाई फायर गरेपछि सीमा क्षेत्रका नेपाली आतङ्कित बनेका छन् ।

ड्युटीमा खटिएका एसएसबी जवानले दुई राउन्ड जमिन तर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर–१८, इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए।

सोमबार दिउँसो २ बजे सो घटना भएको थियो । स्थानीयका   अनुसार   ड्युटीमा   खटिएका   एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा  थिए  ।

सीमा  क्षेत्रमा  खटिएका  एक  सुरक्षाकर्मीका  अनुसार,  एसएसबीका  जवानले  होहल्ला  गरेपछि  स्थानीयले  एसएसबीको  टोलीलाई  घेराउ गरेका थिए ।

स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्ने ती सुरक्षाकर्मीको भनाइ छ ।

यद्यपि हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दसगजा क्षेत्रमा गोली चलेको पुष्टि गरे।

उनले  भने, 'गोली  चलेको  नेपालतिर  होइन भारतीय क्षेत्रमा हो । के विषयमा चलेको हो, थाहा भएन । हामीले पनि बुझ्ने प्रयास गरिरहेका छौँ ।' गोरखापत्र दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार