भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ल"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

अब एमाले नेता तथा कार्यकर्तालाई स्कुल, पास हुन अनिवार्य

१७ भाद्र २०७३, शुक्रबार ००:५३

भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ला तहसम्म लैजाने गरी एमाले केन्द्रीय स्कुल विभागले नेता–कार्यकर्ताका लागि नियमित स्कुल सुरु गरेको छ।

वार्षिक रूपमा नियमित सञ्चालन गर्ने गरी गत २३ साउनबाट सुरु स्कुलमा ७२ जना परीक्षार्थी ‘दीक्षित’ भएका छन्। युवा संघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालयका ३४ जना नेता–कार्यकर्तालाई सोमबार महासचिव ईश्वर पोखरेलले दीक्षित गरे। त्यसअघि अनेरास्ववियुका ३८ कार्यकर्ता दीक्षित भएका थिए।

१४ वटा विषयमा दैनिक चार घन्टाका दरले साताव्यापी प्रशिक्षण चलिरहेको छ । पार्टी अध्यक्ष केपी ओली स्वयं स्कुल विभागको प्रमुख छन्। तर, नियमित रूपमा सुरु गरिएको स्कुलको नेतृत्व अहिलेलाई उपप्रमुख शंकर पोखरेल र सचिव ईश्वरी रिजालले गरेका छन्।

कम्युनिस्ट पार्टीको स्कुल या प्रशिक्षण भन्नेबित्तिकै ‘फलामे अनुशासन’को पट्यारलाग्दो भन्ने परम्परागत बुझाइ रहे पनि एमालेले सुरु गरेको प्रशिक्षण भने आधुनिक प्रविधिमैत्री, अन्तरक्रियात्मक र व्यक्तिको रुचिमा आधारित विशिष्ट प्रकारको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको तीनतले भवनमा एमालेले कार्यकर्ताका लागि प्रविधिमैत्री प्रशिक्षण चलाएको हो। ‘ल्यापटपबाट पावर प्वाइन्टमार्फत प्रोजेक्टरमा स्लाइड सो गरेर कक्षा सञ्चालन भइरहेको छ,’ केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव ईश्वरी रिजालले भने, ‘प्रशिक्षार्थीलाई इमेल–इन्टरनेटको सुविधासहित प्रत्येक प्रशिक्षकले अन्तरक्रियासँगै प्रयोगात्मक अभ्यास पनि गराउनुहुन्छ।’

प्रशिक्षक उत्पादन गर्ने स्कुलमा एमालेले कार्यकर्तालाई आधुनिक तरिकाले प्रशिक्षण सीप र कलाको विषयमा समेत ‘स्कुलिङ’ गरिरहेको छ । व्यक्तिका रुचिका आधारमा दर्शन, अर्थशास्त्र, समाजशास्त्रलगायत विशिष्टकृत प्रकृतिको नियमित रूपमा छुट्टै स्कुल चलाउने तयारीसमेत एमालेले गरेको छ। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव