भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ल"/>
२०८२, २१ चैत्र शनिबार
काठमाडौँ - KTM

अब एमाले नेता तथा कार्यकर्तालाई स्कुल, पास हुन अनिवार्य

२०७३, १७ भाद्र शुक्रबार ००:५३

भदौ १७, काठमाडौं | एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ। केन्द्र, प्रदेश हुँदै तल्ला तहसम्म लैजाने गरी एमाले केन्द्रीय स्कुल विभागले नेता–कार्यकर्ताका लागि नियमित स्कुल सुरु गरेको छ।

वार्षिक रूपमा नियमित सञ्चालन गर्ने गरी गत २३ साउनबाट सुरु स्कुलमा ७२ जना परीक्षार्थी ‘दीक्षित’ भएका छन्। युवा संघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालयका ३४ जना नेता–कार्यकर्तालाई सोमबार महासचिव ईश्वर पोखरेलले दीक्षित गरे। त्यसअघि अनेरास्ववियुका ३८ कार्यकर्ता दीक्षित भएका थिए।

१४ वटा विषयमा दैनिक चार घन्टाका दरले साताव्यापी प्रशिक्षण चलिरहेको छ । पार्टी अध्यक्ष केपी ओली स्वयं स्कुल विभागको प्रमुख छन्। तर, नियमित रूपमा सुरु गरिएको स्कुलको नेतृत्व अहिलेलाई उपप्रमुख शंकर पोखरेल र सचिव ईश्वरी रिजालले गरेका छन्।

कम्युनिस्ट पार्टीको स्कुल या प्रशिक्षण भन्नेबित्तिकै ‘फलामे अनुशासन’को पट्यारलाग्दो भन्ने परम्परागत बुझाइ रहे पनि एमालेले सुरु गरेको प्रशिक्षण भने आधुनिक प्रविधिमैत्री, अन्तरक्रियात्मक र व्यक्तिको रुचिमा आधारित विशिष्ट प्रकारको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको तीनतले भवनमा एमालेले कार्यकर्ताका लागि प्रविधिमैत्री प्रशिक्षण चलाएको हो। ‘ल्यापटपबाट पावर प्वाइन्टमार्फत प्रोजेक्टरमा स्लाइड सो गरेर कक्षा सञ्चालन भइरहेको छ,’ केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव ईश्वरी रिजालले भने, ‘प्रशिक्षार्थीलाई इमेल–इन्टरनेटको सुविधासहित प्रत्येक प्रशिक्षकले अन्तरक्रियासँगै प्रयोगात्मक अभ्यास पनि गराउनुहुन्छ।’

प्रशिक्षक उत्पादन गर्ने स्कुलमा एमालेले कार्यकर्तालाई आधुनिक तरिकाले प्रशिक्षण सीप र कलाको विषयमा समेत ‘स्कुलिङ’ गरिरहेको छ । व्यक्तिका रुचिका आधारमा दर्शन, अर्थशास्त्र, समाजशास्त्रलगायत विशिष्टकृत प्रकृतिको नियमित रूपमा छुट्टै स्कुल चलाउने तयारीसमेत एमालेले गरेको छ। – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने