भदौ २२, काठमाडौं । एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २२, काठमाडौं । एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस म"/>
२९ पुष २०८२, मंगलवार
काठमाडौँ - KTM

शंकर पोखरेलले ट्विट डिलिट गरे, तर माफी मागेनन्

२२ भाद्र २०७३, बुधबार ०१:१९

भदौ २२, काठमाडौं । एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए । 

आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् । उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् ।

आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रो ट्विट गरेका छन् । तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उनलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’

मंगलबार बिहान ९: ४१ बजे मधेसीलाई ‘कालो वर्ण’को भनेर ट्विट गरेका नेता पोखरेलले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि ट्विट डिलिट गरे ।

उनले साँझ ७: ५४ बजे आफ्नो बचाउ गर्दै अर्को ट्विट गरे । 

उनले लेखे, ‘कालोलाई विरोधको प्रतीक बनाउने कुरा रंगभेदवादी युरोपियन चिन्तन परम्परासँग जोडिएको अर्थमा त्यसको विरोध गरेको हुँ । गलत अर्थ लगाएपछि हटाएको (अघिल्लो ट्विट) हुँ ।’ पोखरेलले यस्तो जवाफ लेखे पनि उनको सामाजिक सञ्जालमा आलोचनाको क्रम रोकिएको छैन ।-नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव