१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस र एमालेबीच सत्ता सहकार्य नहुने

२१ मंसिर २०७९, बुधबार ०२:५६

मङ्सिर २१, काठमाडौँ | नयाँ सरकार निर्माणमा संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्ता सहकार्य नहुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आएसँगै नयाँ सरकार गठनका सन्दर्भमा कांग्रेस-एमाले मिल्न सक्ने चर्चा गरिए पनि उनीहरूबीच सत्ता सहकार्य नहुने भएको छ ।

वर्तमान पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोले एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा रहने सम्भावना बढेको एमाले नेताहरूको बुझाइ छ । गठबन्धन दलहरूबीच सरकार बनाउने विषयमा छलफल भइरहेकाले उनीहरूले नै सरकार बनाउन सक्ने धारणा राख्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए |

उनले भने, नीति, विचार र सिद्धान्त नै फरक भएका संसद्का प्रतिस्पर्धी दलहरुबीच सरकारमा सहकार्य हुने कुरा मनोगत कुरा हुन्। विपरीत विचार भएका प्रतिस्पर्धीशक्ति मिलेर सरकार बनाउने सिद्धान्तहीन तर्क हो । 

उनले गठबन्धन दलहरूबीच भागबण्डामा कुरा मिलेन र सरकार बनाउने प्रयास असफल भयो भने मात्र एमालेको नेतृत्वमा कम्युनिस्ट वामपन्थीहरूको सरकार बन्ने बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह