१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिक उम्मेदवार छनोट गर्न आयोगले पठायो दलहरुलाई पत्र

२२ मंसिर २०७९, बिहीबार ०२:५४

मङ्सिर २२, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ।

राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छनोट गर्नुपर्नेछ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपसचि गुरुप्रसाद वाग्लेले बुधबारबाट तीन दिनको समय राखेर पत्राचार गरिएको बताए । आयोगले पत्राचार गरेपछि नेपाली कांग्रेसले बुधबारै पत्र बुझिसकेको छ। पत्रअनुसार राजनीतिक दलले शनिबारसम्म नामावली पठाउनुपर्नेछ। यसरी पठाइएको नामावली समावेशी समूहअनुसार नभए दलले थप दुई दिनको समय पाउनेछन्। समानुपातिकबाट उम्मेदवार निर्वाचित भएको प्रमाणपत्र पाउन अझै कम्तीमा पाँच दिन पर्खिनुपर्नेछ।

राष्ट्रपतिसमक्ष आयोगले मंसिर २८ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका २०७२ का अनुसार राजनीतिक दलले समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा रहेका उम्मेदवारको नाम छनोट गर्न पाउने छैनन्। 

दलले उम्मेदवारको नाम छनोट गरी केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनुपर्नेछ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह