२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भत्काउन थालियो रंगशाला

२०७९, २६ मंसिर सोमबार ०५:११

मङ्सिर २६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल सकिन अझै एक साता समय बाँकी छ। तर, प्रतियोगिता नसकिँदै कतारले केही रंगशाला भने भत्काउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कतारले दोहाको रस अबु अबाउद क्षेत्रको स्टेडियम ९७४ भत्काउन थालेको हो। यो  रंगशाला मुख्य रूपमा ९७४ सिपिङ कन्टेनरहरू प्रयोग गरेर निर्माण गरिएको थियो। 

यो रंगशालामा विश्वकप फुटबलका सात खेल सञ्चालन भएका थिए। गत सोमबार ब्राजिल र दक्षिण कोरियाको प्रिक्वार्टरफाइनल खेलपछि रंगशाला भत्काउन थालिएको हो। उक्त खेलमा पाँच पटकको विजेता ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित गरेको थियो।  स्टेडियम ९७४ मा समूह चरणअन्तर्गत पोल्यान्ड र मेक्सिकोबीच पहिलो खेल आयोजना भएको थियो। पुनःप्रयोग गर्न मिल्ने कन्टेनरहरूबाट निर्माण गरिएको यो रंगशाला भत्काएर कन्टेनरहरूलाई विभिन्न राष्ट्रमा पठाइने जनाइएको छ।

Image: Alamy

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप आयोजनाका लागि ८० हजार दर्शक क्षमताको एउटा रंगशाला हुनुपर्ने र अरु ६० हजार र ४० हजार दर्शक क्षमताको रंगशाला हुनुपर्ने प्रावधान राखेको थियो। त्यही प्रावधान अनुसार कतारले ८० हजार क्षमताको लुसेल रंगशाला निर्माण गरेको थियो। यो रंगशालामा विश्वकप फुटबलको फाइनल खेल सञ्चालन हुनेछ। विश्वकपको उद्घाटन भने अल बायत रंगशालामा गरिएको थियो। सो रंगशालाको क्षमता ६० हजार छ। आठमध्ये बाँकी रंगशालाको क्षमता भने ४० हजार छ। 

सन् २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि १२ वटा रंगशाला बनाउने योजना भएको कतारले कोरोना महामारीलगायतका कारणले आठ वटा मात्रै रंगशाला तयार गरेको थियो। जसमध्ये सात वटा रंगशाला नयाँ बनाएको थियो भने खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने पुनर्निर्माण गरिएको थियो। 

कतारका अनुसार लुसेल रंगशाला अब विद्यालय र सपिङ मलमा परिणत गरिने छ। अल बायत रंगशाला भने पाँच तारे होटलमा परिणत हुनेछ। दुई वटा रंगशाला भने स्थानीय क्लबहरूले प्रयोग गर्ने भएका छन्। अहमद अली बिन रंगशाला अल रेबान क्लब र अल जानोब रंगशालाको स्वामित्व अल वाहराहले लिनेछ। खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने कतारी फुटबल संघले आफ्नो स्वमित्वमा लिनेछ। यस बाहेक केही रंगशाला भने सन् २०२४ मा हुने एसियन कपका लागि प्रयोगमा ल्याइने छ।

विश्वकप सुरु हुनुभन्दा एक महिना अघि मात्रै कतारले एसिया कप आयोजनाको जिम्मेवारी पाएको थियो। यसअघि चीनले आयोजना गर्ने तय भए पनि कोरोना महामारीका कारण कतारलाई जिम्मेवारी दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी