२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भत्काउन थालियो रंगशाला

२६ मंसिर २०७९, सोमबार ०५:११

मङ्सिर २६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल सकिन अझै एक साता समय बाँकी छ। तर, प्रतियोगिता नसकिँदै कतारले केही रंगशाला भने भत्काउन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कतारले दोहाको रस अबु अबाउद क्षेत्रको स्टेडियम ९७४ भत्काउन थालेको हो। यो  रंगशाला मुख्य रूपमा ९७४ सिपिङ कन्टेनरहरू प्रयोग गरेर निर्माण गरिएको थियो। 

यो रंगशालामा विश्वकप फुटबलका सात खेल सञ्चालन भएका थिए। गत सोमबार ब्राजिल र दक्षिण कोरियाको प्रिक्वार्टरफाइनल खेलपछि रंगशाला भत्काउन थालिएको हो। उक्त खेलमा पाँच पटकको विजेता ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलले पराजित गरेको थियो।  स्टेडियम ९७४ मा समूह चरणअन्तर्गत पोल्यान्ड र मेक्सिकोबीच पहिलो खेल आयोजना भएको थियो। पुनःप्रयोग गर्न मिल्ने कन्टेनरहरूबाट निर्माण गरिएको यो रंगशाला भत्काएर कन्टेनरहरूलाई विभिन्न राष्ट्रमा पठाइने जनाइएको छ।

Image: Alamy

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप आयोजनाका लागि ८० हजार दर्शक क्षमताको एउटा रंगशाला हुनुपर्ने र अरु ६० हजार र ४० हजार दर्शक क्षमताको रंगशाला हुनुपर्ने प्रावधान राखेको थियो। त्यही प्रावधान अनुसार कतारले ८० हजार क्षमताको लुसेल रंगशाला निर्माण गरेको थियो। यो रंगशालामा विश्वकप फुटबलको फाइनल खेल सञ्चालन हुनेछ। विश्वकपको उद्घाटन भने अल बायत रंगशालामा गरिएको थियो। सो रंगशालाको क्षमता ६० हजार छ। आठमध्ये बाँकी रंगशालाको क्षमता भने ४० हजार छ। 

सन् २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि १२ वटा रंगशाला बनाउने योजना भएको कतारले कोरोना महामारीलगायतका कारणले आठ वटा मात्रै रंगशाला तयार गरेको थियो। जसमध्ये सात वटा रंगशाला नयाँ बनाएको थियो भने खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने पुनर्निर्माण गरिएको थियो। 

कतारका अनुसार लुसेल रंगशाला अब विद्यालय र सपिङ मलमा परिणत गरिने छ। अल बायत रंगशाला भने पाँच तारे होटलमा परिणत हुनेछ। दुई वटा रंगशाला भने स्थानीय क्लबहरूले प्रयोग गर्ने भएका छन्। अहमद अली बिन रंगशाला अल रेबान क्लब र अल जानोब रंगशालाको स्वामित्व अल वाहराहले लिनेछ। खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने कतारी फुटबल संघले आफ्नो स्वमित्वमा लिनेछ। यस बाहेक केही रंगशाला भने सन् २०२४ मा हुने एसियन कपका लागि प्रयोगमा ल्याइने छ।

विश्वकप सुरु हुनुभन्दा एक महिना अघि मात्रै कतारले एसिया कप आयोजनाको जिम्मेवारी पाएको थियो। यसअघि चीनले आयोजना गर्ने तय भए पनि कोरोना महामारीका कारण कतारलाई जिम्मेवारी दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव