२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमका जहाज मलेसिया र दुबईमा रोकिए, सयौं यात्रु अलपत्र

२०७९, २९ मंसिर बिहीबार ०८:०४

मङ्सिर २९, काठमाडौँ । व्यवस्थापनले दुई जना एयरहोस्टेसको करार सेवा नवीकरणको विवाद समाधान गर्न नसकेका कारण काठमाडौंबाट मलेसिया र दुबईका लागि बुधबार राति उडेका नेपाल वायुसेवा निगमका दुइटा जहाज उतै रोकिएका छन् । ती दुवै जहाजमा उडेका क्याबिन क्रुको ड्युटी समय १० घन्टा नाघेका कारण उतै रोकिएका हुन् । अन्तर्राष्ट्रिय उड्डयन नियमले १० घन्टाभन्दा बढी काम लगाउन निषेध गरेकाले काठमाडौंबाट उडेका क्याबिन क्रुको आराम (रेस्ट–आवर) का लागि निगमले जहाज उतै राख्नु परेको हो ।


नेपाल वायुसेवा क्याबिन क्रु संघले बुधबारदेखि थालेको हड्तालले यात्रुलाई सेवा दिने क्याबिन क्रु (विमान परिचारिका र परिचारक) को अभाव भएका कारण निगमले बुधबारयता दुई दिनमा सयौं यात्रुलाई समयमै गन्तव्यमा लैजान र ल्याउन सकिरहेको छैन । जहाजमा यात्रुलाई सेवा प्रवाह गर्ने १ सय ५७ मध्ये अधिकांश क्याबिन क्रु बुधबारदेखि निगम मुख्यालयमा आन्दोलनमा रहेकाले व्यवस्थापनले बुधबार दिल्ली र बैंग्लोरबाट फर्केका १२ जना क्याबिन क्रुमध्ये ४ जनालाई दुबई र ८ जनालाई मलेसिया पठाएको थियो । एकै दिन दुइटा गन्तव्य परेकाले उनीहरुको ड्युटी समयको सीमा सकीएपछि निगम दुवै जहाज विदेशमै रोक्न बाध्य भएको हो । ती दुवै जहाजमध्ये मलेसियामा रहेको वाइडबडी बिहीबार बेलुकी ८ बजे र दुबईमा रहेको न्यारोबडी ९ बजे काठमाडौं आउने निगमले तालिकामा उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार बुधबार राति ११ः३० बजे दुबई उड्नुपर्ने निगमको न्यारोबडी २ः४५ मा काठमाडौंबाट उडेको थियो भने १० बजेका लागि तय गरिएको मलेसियाको जहाज राति २ बजे काठमाडौंबाट उडेको थियो । निगममा भइरहेको क्याबिन क्रु आन्दोलनका कारण सयौं यात्रु अलपत्र पर्दा र देशकै बदनाम हुँदा नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण र तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुनै हस्तक्षेप नगर्दा निगमका कर्मचारीहरु निराश भएका छन् ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले सरकारले नियुक्त गरेको कार्यकारी अध्यक्ष युवराज अधिकारी नै यस मुद्दाको मुख्य जिम्मेवार रहेकाले विवाद समाधान गर्ने मुख्य जिम्मेवार अधिकारी नै रहेको बताए । काठमाडौं विमानस्थलले आज पनि निगमको १ः४५ बजेको दिल्ली उडान प्रभावित हुन सक्ने जनाउँदै सयममै उडान गर्न विमानस्थलमा रहेका कर्मचारीलाई ताकेता गरिरहेको छ । ‘बिहान १२ बजेसम्म निगमका कुनै पनि उडान भएका छैनन, हामी दिल्ली उडानमा यात्रुलाई धोका नदिन ताकेता गरीरहेका छौं,’ महाप्रबन्धक ठाकुरले भने ।

यसैबीच क्याबिन क्रुहरुले बिहीबार विज्ञप्ति जारी गर्दै निगम व्यवस्थापनले करार नवीकरणमा भेदभाव गरेको, उनीहरुको सेवा सम्बन्धित काममा निगमले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गरेको लगायतका आरोप लगाएको छ । संघकी एक एयरहोस्टेसले बिहीबार दिउँसो व्यवस्थापन पक्षले वार्ताका लागि बोलाएको जानकारी दिइन् । उनले वार्ता नमिलेसम्म उडानमा नजाने अडान सबैको कायमै रहेको बताइन् । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण