२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व कपको पुरस्कार राशि : विजेताले कति कमाउँछन् ?

२०७९, ३ पुष आईतवार ०८:१७

पुस ३, काठमाडौँ | कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि पिचमा सफल हुनेहरुका लागि ठोस लाभ पक्कै पनि छ । जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । आज हुने फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समय राति ८:४५ बजेबाट सुरु हुनेछ । 

क्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।


पुरस्कार राशि विशेष गरी साना राष्ट्रहरूका लागि लाभदायी हुनसक्छ किनभने यसमार्फत् भविष्यमा आयोजना हुने खेलका लागि तयार हुनका लागि पूर्वाधार विकास गर्न सकिनेछ । हालका वर्षहरूमा विश्व कपको लागि पुरस्कार रकमको कुरा गर्दा सन् २०२२ को यो खेल पनि भिन्न छैन । बिजेताले रेकर्ड नै तोड्ने खालको पुरस्कार पाउनेछन् ।

स्पोर्टिङ न्युजलेप्रत्येक टिमले कति पुरस्कार राशि प्राप्त गर्न सक्लान् भनेर जानकारी दिएको छ ।

२०२२ विश्व कपको कुल पुरस्कार राशि

फिफाले कतारमा आयोजित २०२२ विश्व कपका लागि कुल ४४० मिलियन डरल (५८ अर्ब रुपैयाँ) विनियोजन गरेको छ ।

सन् २०१८ को प्रतिस्पर्धाभन्दा यो ४० मिलियन डलरको वृद्धि हो । सन् २०१४ मा ब्राजिलमा आयोजित सन् २०१४ को विश्व कपमा ३५८ मिलियन डलर (४७ अर्ब रुपैयाँ) विनियोजन गरिएको थियो ।

यो धेरै नै महत्वपूर्ण रकम भए पनि फिफाको २०२२ मा ४.६ बिलियन डलरको राजस्व बजेट छ । यसका साथै प्रसारण अधिकारले मात्रै २.६ बिलियन डलर आयमा योगदान दिन्छ ।


२०२२ को विश्व कपका विजेताले कति पुरस्कार राशि पाउनेछन् ?

अप्रिल २०२२ मा फिफाले कतार विश्व कपका विजेताले ४२ मिलियन डलर पुरस्कार राशि पाउने घोषणा गरेको छ ।

सन् २०१८ को तुलनामा यो ४ मिलियन डलरको वृद्धि हो । पछिल्लो ४० वर्षमा पुरस्कार राशिमा लगातार वृद्धि भइरहेको छ ।


सन् २००६ भन्दा अघि विश्व विजेता टोलीले १० मिलियन डलरभन्दा बढी जितेनन् । यस्तै, सन् १९८२ च्याम्पियन्स इटालीले २.२ मिलियन डलर पुरस्कार राशि जितेको थियो ।

सन् २००२ मा फिफालाई राष्ट्रिय टोलीले पुरस्कार राशि बढाउन निकै दबाब दिए ।

विश्व कप २०२२ पुरस्कार राशि : प्रत्येक टोलीले कति पाउँछन् ?


पुरस्कार राशि उच्च भएकोले कतार विश्व कपमा खेल्ने प्रत्येक टोलीले मनग्गे आम्दानी गर्नेछन् ।

२०२२ को विश्वकपका लागि क्वालिफाई हुने प्रत्येक टोलीले १.५ मिलियन डलर सहभागिता शुल्क तिर्ने गर्छन् । तर प्रतियोगितामा नकआउट चरण तिर प्रवेश गर्दै गर्दा टोलीले धेरै नै कमाउन सक्छन् ।

फिफाद्वारा सार्वजनिक गरिएको पुरस्कार राशिको सूची यस प्रकार छ ।

विश्व कपमा खेलाडीले जति पैसा पाउँछन् ?

फुटबल भनेको समूह खेल हो तर विश्व कपमा खेल्ने खेलाडीले आर्थिक लाभ पनि पाउँछन् ।

राष्ट्रिय टोली र विभिन्न खेलाडीको तलब भिन्न भएपनि उनीहरुले विश्व कपमा जित्ने पुरस्कार राशिको सेयर पाउँछन् ।

फिफाले प्रत्येक टोलीलाई खेलाडीसँग कति सेयर बाँड्ने भनेर निर्णय गर्न स्वतन्त्र छोडेको छ । जर्मनीले आफ्ना प्रत्येक खेलाडीलाई सन् २००६ मा घरेलु मैदानमा उपाधि जितेको खण्डमा लगभग ४ लाख अमेरिकी डलर बोनस दिने बाचा गरेको थियो ।

सन् २०२२ मा अष्ट्रेलियाले नकआउट चरणमा प्रवेश गरेबापत् आफ्ना सबै खेलाडीलाई २ लाख २६ हजार अष्ट्रेलियन डलरका साथै अतिरिक्त २ लाख ९० हजार अष्ट्रेलियन डलर दिने बताइएको थियो ।

अन्य देशले योभन्दा केही कम वा बढी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण