२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

२०७९, ५ पुष मंगलवार ०९:५३

पुस ५, काठमाडौँ | विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ ।

कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ ।

कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर विश्लेषण गर्ने अध्ययनका लागि यो प्रस्ताव पेश गरिएको हो ।


‘कतार ओलम्पिक कमिटीले आज घोषणा गरेको छ कि’, कतार ओलम्पिक कमिटीले ट्वीटरमा लेखेको छ,  ‘हामीले औपचारिक रूपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लाई २०३६ सम्ममा ओलम्पिक र पाराओलम्पिक खेल आयोजना गर्नका लागि वार्तामा सामेल हुनको लागि आफ्नो निवेदन पठाएको छौं ।’

कतार बाहेक एसियाकै इन्डोनेसिया र भारतले पनि २०३६ को ओलम्पिक आयोजनाका लागि चासो देखाएका छन् । गतवर्ष एसियाकै जापानमा टोकियो ओलम्पिक आयोजना भएको थियो । आगामी तीन ओलम्पिक बयोजनाका लागि आयोजक घोषणा भइसकेको छ ।

२०२६ को ओलम्पिक फ्रान्सको पेरिसमा, २०२८ मा अमेरिकाको लस एन्जलसमा र २०३२ अष्ट्रेलियाको ब्रिसवनमा हुनेछ ।

पहिलो पटक विश्वकप आयोजना गरेको कतारलाई ओलम्पिक आयोजनाका लागि सहज भने छैन । कतारमा ओलम्पिक खेलकुद आयोजना गर्न धेरै कठिनाइ छन् ।

२०२२ को विश्वकपका लागि कतारले २० अर्ब डलर आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैले कतार ओलम्पिक आयोजनाका लागि उत्कृष्ट पूर्वाधार निर्माण गर्न चाहन्छ । बाँकी पूर्वाधार निर्माण गर्न आर्थिक शक्ति चाहिन्छ ।

यसअघि सन् २०१६, २०२० र २०३२ मा कतारलाई ओलम्पिक खेलकुदको आयोजकको रूपमा अस्वीकार गरिएको थियो ।

यद्यपि ओलम्पिक खेलकुदका लागि लजिस्टिक समस्याहरू यथावत छन् । मुख्यतया ग्रीष्मको उच्च तापक्रम घटाउनको लागि फुटबल विश्वकप शरद ऋतुमा आयोजना गरियो ।

कतारले यो पनि याद राख्नु पर्छ कि फिफाले इतिहासमा पहिलो पटक विश्वकपको आयोजना नोभेम्बर र डिसेम्बर महिनामा सार्नुपर्‍यो । यदी कतारको प्रस्ताव स्वीकार गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि यो मुद्दाको विषयमा विचार गर्नुपर्छ । – मार्काबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण