१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको सफलतापछि कतारको नजर ओलम्पिकमा

५ पुष २०७९, मंगलवार ०९:५३

पुस ५, काठमाडौँ | विश्वकप फुटबलको सफल आयोजनापछि कतारको नजर अब ओलम्पिक आयोजनातर्फ छ ।

कतार ओलम्पिक कमिटीले २०३६ को ओलम्पिक गेम्स आयोजनाका लागि इच्छा देखाएको छ र पहिलो चरणको छलफलका लागि औपचारिक प्रस्ताव समेत पेश गरेको जनाएको छ ।

कतारको यो बिडिङ भने होइन् । ओलम्पिक आयोजनाका गर्ने संभावना छ कि छैन भनेर विश्लेषण गर्ने अध्ययनका लागि यो प्रस्ताव पेश गरिएको हो ।


‘कतार ओलम्पिक कमिटीले आज घोषणा गरेको छ कि’, कतार ओलम्पिक कमिटीले ट्वीटरमा लेखेको छ,  ‘हामीले औपचारिक रूपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) लाई २०३६ सम्ममा ओलम्पिक र पाराओलम्पिक खेल आयोजना गर्नका लागि वार्तामा सामेल हुनको लागि आफ्नो निवेदन पठाएको छौं ।’

कतार बाहेक एसियाकै इन्डोनेसिया र भारतले पनि २०३६ को ओलम्पिक आयोजनाका लागि चासो देखाएका छन् । गतवर्ष एसियाकै जापानमा टोकियो ओलम्पिक आयोजना भएको थियो । आगामी तीन ओलम्पिक बयोजनाका लागि आयोजक घोषणा भइसकेको छ ।

२०२६ को ओलम्पिक फ्रान्सको पेरिसमा, २०२८ मा अमेरिकाको लस एन्जलसमा र २०३२ अष्ट्रेलियाको ब्रिसवनमा हुनेछ ।

पहिलो पटक विश्वकप आयोजना गरेको कतारलाई ओलम्पिक आयोजनाका लागि सहज भने छैन । कतारमा ओलम्पिक खेलकुद आयोजना गर्न धेरै कठिनाइ छन् ।

२०२२ को विश्वकपका लागि कतारले २० अर्ब डलर आम्दानी गर्ने अनुमान गरेको छ । त्यसैले कतार ओलम्पिक आयोजनाका लागि उत्कृष्ट पूर्वाधार निर्माण गर्न चाहन्छ । बाँकी पूर्वाधार निर्माण गर्न आर्थिक शक्ति चाहिन्छ ।

यसअघि सन् २०१६, २०२० र २०३२ मा कतारलाई ओलम्पिक खेलकुदको आयोजकको रूपमा अस्वीकार गरिएको थियो ।

यद्यपि ओलम्पिक खेलकुदका लागि लजिस्टिक समस्याहरू यथावत छन् । मुख्यतया ग्रीष्मको उच्च तापक्रम घटाउनको लागि फुटबल विश्वकप शरद ऋतुमा आयोजना गरियो ।

कतारले यो पनि याद राख्नु पर्छ कि फिफाले इतिहासमा पहिलो पटक विश्वकपको आयोजना नोभेम्बर र डिसेम्बर महिनामा सार्नुपर्‍यो । यदी कतारको प्रस्ताव स्वीकार गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले पनि यो मुद्दाको विषयमा विचार गर्नुपर्छ । – मार्काबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह