२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रेकअप हुने कुरा ३ महिनाअघि नै थाहा हुने, वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका

२५ पुष २०७९, सोमबार ०६:०७

पुस २५, काठमाडौं | सबै कुरा ठिकठाक चलिरहेको थियो । छिटै बिहेको योजना पनि भैरहेको थियो । उनीहरु एक अर्कालाई निकै माया गर्दथे । तर अचानक एकदिन उनीहरुबीच ब्रेकअप भयो । आखिर यो कसरी हुनुपुग्यो त्यो कसैलाई थाहै भएन । ब्रेकअपको कारण उनीहरु दुबैलाई पनि पत्तै भएन ।

लामो समयदेखि चलिरहेको गहिरो प्रेम सम्बन्धमा यसरी एकाएक दरार आएर ब्रेकअप हुनु पीडादायी हुन्छ नै । केही समय पछि ब्रेकअप हुन्छ है भनेर अलिक अगाडि नै थाहा भैदिएको भए बरु अलिक मनस्थिति बन्दै जान्थ्यो होला । तर अचानक ब्रेकअप भैदिँदा मानिसले मन थाम्न नसकेर गलत बाटो पनि लिन सक्दछ ।


सायद यहीँ परिस्थितिलाई मध्यनजर गर्दै वैज्ञानिकहरुले नयाँ खोज गरेका छन् । उनीहरुले यस्तो तरिका पत्ता लगाएका छन् जसले तपाइँलाई आफ्नो प्रेमी वा प्रेमिकासँग ब्रेकअप हुँदैछ भनेर ३ महिना अगाडि नै थाहा हुनेछ ।

अमेरिकाको युनिभर्सिटी अफ टेक्सासका शोधकर्ताहरुले ६ हजार ६०३ जना रेडिट प्रयोगकर्ताका १० लाख २७ हजार ५४१ वटा पोस्टहरुको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले रेटिको सबरेडिट पोस्ट r/Breakups मा ती पोस्टहरु गरेका थिए ।

यसको मतलब उनीहरुले आफ्ना पोस्टमा आफुहरुको ब्रेकअप हुन लागेको भनेर लेखेका थिएनन् । तर जब ब्रेकअपको भाव उनीहरुको दिमागमा आएको हुन्थ्यो तब पोस्टको भाषामै बदलाव आएको देखिन्थ्यो ।

प्रोसिडिंग्स अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित भएको उक्त शोध अनुसार शोधकर्ताहरुले प्रयोगकर्ताहरुका ब्रेकअप भन्दा २ वर्ष अगाडि र २ वर्ष पछाडिसम्मका रेडिट पोस्टहरुको विश्लेषण गरेका थिए । त्यस क्रममा उनीहरुले प्रयोगकर्ताका पोस्टका भाषामा परिवर्तन आएको देखे ।

ब्रेक हुनेवाला प्रयोगकर्ताको रेडिट पोस्टको भाषामा ब्रेकअप भन्दा ३ महिना अगाडिबाट परिवर्तन आउन थालेको उनीहरुले पत्ता लगाए । ब्रेकअप भएको ६ महिना पछिसम्मै त्यस्तो परिवर्तित भाषामा कुनै फरकपना देखिएन ।

भाषामा खासगरी म, हामीजस्ता आफ्नै लागि प्रयोग गर्ने शव्दहरुको मात्रा बढ्ने गरेको पाइएको छ । जुन कुरामा तनाव देखिन्छ, त्यसमै उनीहरुको फोकस देखिन्छ र त्यस्तै खालको भाषाको प्रयोग हुन्छ जसका माध्यमबाट कुनै मतलब निकाल्न सकियोस् । मानिसहरुको विश्लेषणात्मक सोँच कम बन्दै जान्छ । ब्रेकअपको ३ महिना अगाडिबाट मानिस धेरै निजी तथा अनौपचारिक भाषा बोल्न वा पोस्ट गर्न थाल्दछ ।

उदाहरणका लागि : मलाई थाहा छैन कि मैले आफ्नो कहानी बताउँ कि नाइँ । मलाई सहयोग चाहिएको छ किनकि मैले आफैलाई हराएको महसुस गरिरहेको छु । तर मेरो कहानी लामो छ, मलाई यो पनि थाहा छैन कि यसलाई शेयर गर्नु ठीक हो कि होइन ।

वास्तवमा यस्ता खालका पोस्टहरु मानिसहरुमा सामान्य रुपमा देखिँदैनन् जब उनीहरु आफ्नो सामान्य सम्बन्धको बारेमा कसैसँग कुराकानी गरिरहेका हुन्छन् । तर जब सम्बन्धमा उतारचढाव आउँदछ र उनीहरुको मन बदलिन्छ तब यस्तो खालको भाषाको प्रयोग हुन्छ ।

प्रमुख शोधकर्ता साराह सेरोजका अनुसार मानिसहरुलाई आफ्नो ब्रेकअप हुनेवाला छ भनेर पहिले नै थाहा हुन्छ । तर उनीहरु कहिल्यैपनि आफ्नो भाषामा ध्यान दिँदैनन् । उनीहरुको जीवन प्रभावित हुन सुरु भएको हुन्छ ।

हामीले कतिपटक आफ्नो भाषामा prepositions, articles तथा सर्वनामको प्रयोग गरेका छौँ भन्ने कुरामा ध्यान दिदैनौँ । यो अवस्थामा हाम्रो भाषामा यसको प्रयोग बढ्दै जान्छ । यसले ब्रेकअपको चरणमा रहेको मान्छेको मनोवैज्ञानिक स्थिति पत्ता लाग्दछ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य