२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

१ माघ २०७९, आईतवार ०९:३९

माघ १, काठमाडौँ | एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ ।

अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज ६ र त्यसपछिका मोडेल भने ठूलो समस्यामा पर्ने देखिएको छ । किनकि एप्पलको पछिल्लो स्मार्टवाचमा प्रयोग भएको प्रविधिमाथि पेटेन्ट चोरीको आरोप लागेको छ । अमेरिकी अदालतले एप्पल वाचमा पेटेन्ट उल्लंघन गरेको आरोपमा एप्पल कम्पनीलाई दोषी ठहर गरेको छ ।


एप्पल र एउटा चिकित्सा प्रविधि कम्पनीबीच लामो समयदेखि चलिरहेको पेटेन्ट अधिकारको विवादमा अदालतले उक्त फैसला गरेको छ । एप्पलले आफ्नो स्मार्टवाचमा प्रयोग गरेको अक्सिजन लेभल मापन गर्ने प्रविधि आफ्नो कम्पनीबाट चोरीको गरेर पेटेन्ट उल्लंघन गरेको आरोप Masimo कम्पनीले लगाएको थियो ।

अन्ततः लामो समयदेखि चलिरहेको उक्त पेटेन्ट विवादको मुद्दामा अमेरिकी अदालतले मासिमो कम्पनीको पक्षमा फैसला गरेको छ । उक्त विवादका विषयमा अमेरिकाको अन्तराष्ट्रिय वाणिज्य आयोगले छानबिन गरिरहेको छ ।  यदि अमेरिकाको United States International Trade Commission ले उक्त आरोप सही ठहराएमा एप्पल वाचमाथि प्रतिबन्ध समेत लाग्न सक्ने बताइएको छ । खासगरी एप्पल वाच ६ र त्यसपछिका मोडेल त्यसबाट प्रभावित हुनेछन् ।

स्मरण रहोस्, पहिलो एप्पल वाच बजारमा ल्याउनुअघि एप्पल कम्पनीले मासिमो कम्पनीसँग साझेदारी गर्ने प्रयास गरेको थियो । तर एप्पलले मासिमोका केही कर्मचारीलाई फसाउन र कम्पनीका प्रविधिसम्बन्धी जानकारी हासिल गर्न मात्रै त्यस्तो प्रयत्न गरेको आरोप मासिमोका सीईओले लगाएका थिए ।

हाल धेरैजसो अस्पतालमा प्रयोग हुने आधुनिक ब्लड अक्सिजन सेन्सर प्रविधिका मेसिन मासिमो कम्पनीकै रहेका छन् । एप्पलले सोही प्रविधिको गुह्य कुरा पत्ता लगाउन साझेदारीको निहुँमा बैठक गरेको कम्पनीको आरोप छ ।

उक्त बैठकको केही दिनपछि नै एप्पलले मासिमो कम्पनीका प्रमुख चिकित्सा अधिकारीलाई आफ्नो कम्पनीमा भित्र्याएको थियो । त्यसपछि मासिमो कम्पनीले सन् २०२० मा एप्पलमाथि १० वटा विभिन्न पेटेन्ट उल्लंघनको आरोप लगाएको थियो । साथै उसले अमेरिकामा एप्पल वाचमाथि प्रतिबन्ध लगाउन पनि माग गरेको छ । उक्त विषयमा आयोगले अन्तिम निर्णय गर्नेछ ।

उसले एप्पलको पल्स अक्सिमिटरको प्रविधि र त्यसको कार्यान्वयनको विषयमा जाँच गर्नेछ । त्यसपछि एप्पलले मासिमोको प्रविधि चोरी गरे नगरेको विषयमा निर्णय हुनेछ ।

स्मरण रहोस्, अमेरिकाको अन्तर्राष्ट्रिय वाणिज्य आयोग अमेरिकी अदालतबाट स्वतन्त्र निकाय हो । त्यसैले आयोगको फैसला अदालतको भन्दा फरक पनि आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य