११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महिनादेखि कामु प्रधानन्यायाधीशका भरमा सर्वोच्च

९ माघ २०७९, सोमबार ०३:२२

माघ ९, काठमाडौँ | सर्वोच्च अदालत १ फागुन २०७८ देखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च विगत ११ महिनादेखि कामु प्रधानन्यायाधीशको भरमा छ । अरूलाई न्याय दिने सर्वोच्च आफै अन्यायमा परेको देखिएको छ ।

४ मङ्सिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जनादेशको आधारमा देशले नयाँ प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै सरकारले समेत पूर्णता पाइसकेको छ । तर, न्यायालयमा भने झन्डै एक वर्षसम्म कामु प्रधानन्यायाधीशको भरमा सञ्चालन हुन बाध्य भइरहेको छ । संसदीय सुनुवाइ समिति तत्काल बन्ने सम्भावना नभएका कारण अझै आउँदो वैशाखसम्म सर्वोच्चले पूर्ण प्रधानन्यायाधीश नपाउने सङ्केत देखिएको छ ।तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगपछि कामु प्रधानन्यायाधीश दीपक कार्की भएका थिए । गत असोजमा कार्की अनिवार्य अवकाशमा गएपछि हाल सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले कामुका रूपमा सम्हालिरहेका छन् । यो समाचार राजधानी दैनिकमा  छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से