२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारसहित १२ जनाविरुद्ध आचार्यकी श्रीमतीले दिइन् जाहेरी

२०७९, १३ माघ शुक्रबार ०७:२४

माघ १३, काठमाडौँ | इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु पुगेर आचार्यकी श्रीमती नानुका अधिकारीले उनीहरूविरुद्ध जाहेरी दिएको जानकारी अधिवक्ता स्वागत नेपालले दिए।

‘संसद भवनबाहिर आत्मादाह गर्नुअघि मृतक आचार्यले फेसबुकमा उल्लेख गरेका व्यक्ति र कम्पनीहरूविरुद्ध मुलुकी अपराधसंहिता २०७४को दफा१८५ समेत विपरित आत्महत्या गर्न दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गरिएको छ,’ उनले भने, ‘मृतक आचार्यले फेसबुकमा आत्महत्या गर्नुअघि पोस्ट गरेको मृत्युकालिन घोषणलाई उनकी श्रीमती नानुका अधिकारीले फेसबुकबाट उतारेर प्रमाणका आधारमा १२ जना कसूरदारहरू रहेको किटानी जाहेरी पेस गरिएको थियो।’


कसूरदार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी र सान इन्टरनेसनल कलेज, नक्सालले विद्यार्थीलाई टुर प्याकेजमा लैजाँदा पाउनुपर्ने १ लाख ७५ हजार रूपैयाँ तथा अर्को ९० हजार रूपैयाँ, सुजुकी सोरुम, थापाथलीले डाउन पेमेन्टमा किनेको गाडी फिर्ता लगेर ४ लाख रूपैयाँ नदिएको, इलाम सूर्योदय नगरपालिका–११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको साङपाङ डेरी, बजार पठाउनुपर्ने घिउ नौ महिनासम्म गोदाममा राखेर फिर्ता लिन दबाब दिर्ने डा उपेन्द्र महतो, डा समताप्रसाद र नेपाल ग्रामोध्योग कम्पनीबाट अन्दाजी २ लाख रूपैयाँ, अन्तिम समय अडरको घिउ नलिने पवन गोल्यान र गोल्यान एग्रोबाट ८ लाख ८० हजार रूपैयाँ रकम भुक्तानी हुन बाँकी रहेको जाहेरीमा उल्लेख गरिएको छ। त्यस्तै अनिल बस्नेत, मेट्रो तरकारी डटकम र नेप एक्सप्रेस युएईबाट २५ हजार रूपैयाँ, डाबर नेपाल र शंकर पन्तबाट ३० हजार रूपैयाँ, ५ वर्षको करार ६ महिनामा भंग गर्ने कन्याम इनबाट १० लाख रूपैयाँ, झापा धुलाबारीका अनिल भेटवालबाट ५ लाख ५० हजार रूपैयाँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारविरुद्ध जाहेरी दिइएको छ।

‘मुलुकी अपराधसंहिता, २०७४को दफा १८५ विपरित आत्महत्या गर्न दुरुत्साहन दिने कसूर गरेको हुँदा यस जाहेरी दरखास्तमा किटानी गरिएका संगठित संस्थाहरूबाट भएको कसूरको हकमा ऐसंहिताको दफा ३० बमोजिम कारबाही गरी पाउँ,’ जाहेरीमा उल्लेख गरिएको छ, ‘कसूरदारहरूलाई पक्राउ वा आवश्यक सम्पूर्ण अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई पीडित परिवारलाई प्रगति विवरणसम्बन्धी वास्तविकता जानकारी गराउँदै आवश्यक कानूर कारबाही सजाय गरए ऐसंहिताको दफा १८६ बमोजिम क्षतिपूर्ति समेत दिलाई पाऊँ।’

मृतक आचार्यकी श्रीमती नानुका अधिकारीले आत्माहत्या दुरुत्साहनको कसूरमा जाहेरी दर्ता गरेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। मंगलबार संसद् भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनले फेसबुकमा विभिन्न व्यवसाय गर्दा दलाल, बिचौलिया र ठूला व्यापारिक घरानाले शोषण गरेको आरोप लगाएका थिए। उनले विभिन्न व्यवसाय गर्दा ६० लाखभन्दा बढी ऋण लागेपछि आफूले आत्मदाहको निर्णय लिएको पोस्टमा उल्लेख गरेका थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण