११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारसहित १२ जनाविरुद्ध आचार्यकी श्रीमतीले दिइन् जाहेरी

१३ माघ २०७९, शुक्रबार ०७:२४

माघ १३, काठमाडौँ | इलामको सूर्योदय नगरपालिका–११ का ३७ वर्षीय प्रेमप्रसाद आचार्यले माघ १० गते नयाँ बानेश्वरस्थित संसद् भवनअगाडिको सडकमा आत्मदाह गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा नाम उल्लेख गरेका व्यक्ति र कम्पनीविरुद्ध आत्माहत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। बिहीबार काठमाडौं प्रहरी परिसर, टेकु पुगेर आचार्यकी श्रीमती नानुका अधिकारीले उनीहरूविरुद्ध जाहेरी दिएको जानकारी अधिवक्ता स्वागत नेपालले दिए।

‘संसद भवनबाहिर आत्मादाह गर्नुअघि मृतक आचार्यले फेसबुकमा उल्लेख गरेका व्यक्ति र कम्पनीहरूविरुद्ध मुलुकी अपराधसंहिता २०७४को दफा१८५ समेत विपरित आत्महत्या गर्न दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गरिएको छ,’ उनले भने, ‘मृतक आचार्यले फेसबुकमा आत्महत्या गर्नुअघि पोस्ट गरेको मृत्युकालिन घोषणलाई उनकी श्रीमती नानुका अधिकारीले फेसबुकबाट उतारेर प्रमाणका आधारमा १२ जना कसूरदारहरू रहेको किटानी जाहेरी पेस गरिएको थियो।’


कसूरदार क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, बालकुमारी र सान इन्टरनेसनल कलेज, नक्सालले विद्यार्थीलाई टुर प्याकेजमा लैजाँदा पाउनुपर्ने १ लाख ७५ हजार रूपैयाँ तथा अर्को ९० हजार रूपैयाँ, सुजुकी सोरुम, थापाथलीले डाउन पेमेन्टमा किनेको गाडी फिर्ता लगेर ४ लाख रूपैयाँ नदिएको, इलाम सूर्योदय नगरपालिका–११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको साङपाङ डेरी, बजार पठाउनुपर्ने घिउ नौ महिनासम्म गोदाममा राखेर फिर्ता लिन दबाब दिर्ने डा उपेन्द्र महतो, डा समताप्रसाद र नेपाल ग्रामोध्योग कम्पनीबाट अन्दाजी २ लाख रूपैयाँ, अन्तिम समय अडरको घिउ नलिने पवन गोल्यान र गोल्यान एग्रोबाट ८ लाख ८० हजार रूपैयाँ रकम भुक्तानी हुन बाँकी रहेको जाहेरीमा उल्लेख गरिएको छ। त्यस्तै अनिल बस्नेत, मेट्रो तरकारी डटकम र नेप एक्सप्रेस युएईबाट २५ हजार रूपैयाँ, डाबर नेपाल र शंकर पन्तबाट ३० हजार रूपैयाँ, ५ वर्षको करार ६ महिनामा भंग गर्ने कन्याम इनबाट १० लाख रूपैयाँ, झापा धुलाबारीका अनिल भेटवालबाट ५ लाख ५० हजार रूपैयाँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र नेपाल सरकारविरुद्ध जाहेरी दिइएको छ।

‘मुलुकी अपराधसंहिता, २०७४को दफा १८५ विपरित आत्महत्या गर्न दुरुत्साहन दिने कसूर गरेको हुँदा यस जाहेरी दरखास्तमा किटानी गरिएका संगठित संस्थाहरूबाट भएको कसूरको हकमा ऐसंहिताको दफा ३० बमोजिम कारबाही गरी पाउँ,’ जाहेरीमा उल्लेख गरिएको छ, ‘कसूरदारहरूलाई पक्राउ वा आवश्यक सम्पूर्ण अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई पीडित परिवारलाई प्रगति विवरणसम्बन्धी वास्तविकता जानकारी गराउँदै आवश्यक कानूर कारबाही सजाय गरए ऐसंहिताको दफा १८६ बमोजिम क्षतिपूर्ति समेत दिलाई पाऊँ।’

मृतक आचार्यकी श्रीमती नानुका अधिकारीले आत्माहत्या दुरुत्साहनको कसूरमा जाहेरी दर्ता गरेकी काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। मंगलबार संसद् भवनबाहिर पेट्रोल खन्याएर शरीरमा आगो लगाएका आचार्यको बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनले फेसबुकमा विभिन्न व्यवसाय गर्दा दलाल, बिचौलिया र ठूला व्यापारिक घरानाले शोषण गरेको आरोप लगाएका थिए। उनले विभिन्न व्यवसाय गर्दा ६० लाखभन्दा बढी ऋण लागेपछि आफूले आत्मदाहको निर्णय लिएको पोस्टमा उल्लेख गरेका थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु