२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन – २ मा उपनिर्वाचन हुने, सत्ता गठबन्धनको उम्मेदवार को ?

२०७९, १४ माघ शनिबार ०३:४८

माघ १४, काठमाडौँ | सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेसँगै प्रतिनिधिसभातर्फ चितवनको क्षेत्र नं २ रिक्त बनेको छ। यससँगै उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा सरकारसँग परामर्श गरेर निर्णय गर्ने बताएको छ। 

आयोगका एक पदाधिकारीले रवि लामिछानेको सम्बन्धमा कुनै जानकारी आइनसकेको र औपचारिक पत्र आएपछि उपनिर्वाचनको प्रक्रिया सुरु गरिने बताए। उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुने बताए। 'ऐनमा व्यवस्था भएबमोजिम नै उपनिर्वाचन हुन्छ,' उनले भने। 

मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नं २ बाट लामिछाने विजयी भएका थिए। उनले कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए। यता सत्ता गठबन्धनभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल सुरु भएको छ। उपनिर्वाचनमा गठबन्धनबाटै उम्मेदवार उठाउने वा मित्रवत् प्रतिस्पर्धा गर्ने विषयमा छलफल सुरु भएको गठबन्धनका एक नेताले बताए।

'निर्वाचनमा रविजीको पार्टी र एमालेले आ-आफ्नै उम्मेदवार उठाएको अवस्था थियो। तर अहिले दुवै पार्टी सत्ता साझेदार रहेको छ। यस्तो अवस्थामा कोसलाई उम्मेदवार बनाउने भन्ने विषयमा गठबन्धनमा पेचिलो हुनसक्छ,' ती नेताले भने। यस विषयमा शनिबारदेखि नै गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने बताइएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी