२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

कारागारको किचनमा कैदी बलात्कृत, ३ महिनासम्म किन राखियो गुपचुप ?

१६ माघ २०७९, सोमबार ०९:४४

माघ १६, तुलसीपुर | तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ । जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया र खाजा बनाउने प्रयोजनमा छ ।

गत कार्तिक १७ दिउँसो २ बज्नै लाग्दा चिसो महसुस भएपछि महिला चौकीदार सीता चौधरी (नाम परिवर्तन) किचेनमा पानी तताउन गइन् । उनी किचेनमा पुग्नासाथ पछिपछि पुरूष चौकीदार खुमबहादुर चौधरी पनि पुगे । उनले सीतालाई विभिन्न प्रकारका धम्की दिएर बलात्कार गरेको आरोप छ । खुमबहादुरले सीतालाई बलात्कार गर्दा दिउँसोको दुई बजिसकेको थियो ।


खुमबहादुरलाई बाहिर नदेखेपछि कारागारका सुरक्षा प्रमुख सई केशव रेग्मीले खोजतलास गरे । नभेटेपछि उनी किचेनतिर गए ।तर, किचेन छिर्ने ढोकामा चुकुल लगाइएको थियो । उनी भर्‍याङको छेउमा उभिए ।

केहीबेरमा खुमबहादुर बाहिर निस्किए । त्यसको केहीबेरमा सीता पनि बाहिर निस्किइन् । यतिन्जेल सई रेग्मीले जेलर रम्बा केसीलाई शंकास्पद गतिविधिका बारेमा रिपोर्टिङ गरिसकेका थिए ।

जेलरले दुवैलाई आफ्नो कार्यकक्षमा बोलाएर सोधपुछ गरिन् । सोधपुछका क्रममा सीताले पानी तताउन किचेनमा गएको वेला खुमहादुरले आफूमाथि जबरजस्ती गरेको बताइन् । उनले आफू बलात्कारमा परेको भन्दै उजुरी लेखिन् । उनको स्वास्थ्य जाँच गरियो र त्यही दिन खुमबहादुरविरूद्व जबरजस्ती करणीको जोहरी दर्ता भयो ।

बलात्कारकै सजाय भोगिरहेका थिए खुमबहादुर

चौकीदारलाई नियमअनुसार कैदी बस्ने जेलबाट कारागारको प्रशासनिक भवनमा आउने सुविधा छ । सोही सुविधा उपयोग गरी कारागारभित्रै बलात्कार भएको हो । जेलर केसीले कारागारभित्रै बलात्कार हुनु दुःखद भएको भन्दै आफैंले पहल गरेर कानूनी उपचार खोजिएको बताइन् ।

कारागारभित्रै कैदी बलात्कार भएको घटना गुपचुप पार्न कारागार प्रशासन लागेको थियो । कारागारभित्र बलात्कार भएको समाचार लेख्न कुनै जरूरी नभएको जेलर केसीले नेपाल प्रेसलाई बताइन् ।

इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लले कारागारभित्रै बलात्कार भएको उजुरी आएपछि कानूनी कारबाही अघि बढाएको बताए । आरोपी जेलमै भएकाले प्रहरीले हिरासतमा लिन नपरेको मल्लले बताए ।

डीसपी मल्लले भने, ‘हामीले घटनाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा मिसिल पठाइसकेका छौं ।’

डीएसपी मल्लका अनुसार बलात्कार आरोपी खुमबहादुर यसअघि पनि बलात्कार मुद्दामै तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।

बलात्कारकै सजाय भोगिरहेका कैदीले कारागारभित्रै फेरि बलात्कार गरेको यो नेपालकै पहिलो घटना भएको डीएसपी मल्ल बताउँछन् ।

सरकारी वकिल कार्यालय दाङले आरोपित, पीडित र कारागारका कर्मचारीलाई बकपत्र गराइसकेको छ । बलात्कृत महिला बैंकिङ कसुरमा सजाय भोगिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान