९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा सुगाले चिकित्सकलाई घाइते बनाएपछि मालिकलाई जेल र एक करोड बढी जरिवाना

१८ माघ २०७९, बुधबार ०८:०९

माघ १८, काठमाडौँ | ताइवानमा सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर (झन्डै एक करोड १९ लाख रुपैयाँ) जरिवाना सुनाइएको छ। उनको सुगाले एक चिकित्सकलाई घाइते बनाएपछि त्यस्तो सजाय सुनाइएको हो। ताइवानको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उक्त सुगाका कारण लडेका डा. लिनको कम्मरको जोर्नी खुस्किएको थियो भने कटि चर्किएको थियो।


डा. लिनको ढाँडमा चढेर उक्त सुगाले बारम्बार पखेटा फटफटाउँदा उनी हडबडाएका थिए। सजाय सुनाइएका सुगापालकलाई ह्वाङ नामले चिनाइएको छ। उनले मको जातको अर्को सुगा पनि डा. लिन दौडिरहेको ठाउँनजिकै उडाउन लगेका थिए। डा. लिनले ती चरापालकको लापरबाहीका कारण आफूलाई चोटको लागेको दाबी गर्दै मुद्दा दायर गरेका थिए। उनले आफूले बेहोर्नुपरेको आर्थिक नोक्सानीको क्षतिपूर्तिको समेत मागदाबी गरेका थिए। डा. लीले आफू एक साता अस्पताल भर्ना भएको र आधा वर्षभन्दा लामो अवधि काम गर्न असक्षम भएको अदालतमा बताएका थिए। उनले आफू निको हुन छ महिना लाग्ने र तीन महिना विशेष स्याहारको आवश्यकता परेको पनि बताएका थिए।

दुर्लभ मुद्दा

उनका वकिलले टीभीबीएस न्यूजलाई बताएअनुसार डा. लिन प्लास्टिक सर्जन हुन्। शल्यक्रिया गर्न "लामो समयसम्म उभिनुपर्ने भएको" तर चोटका कारण त्यसो गर्न नसक्ने भएकाले ठूलो हानि भएको उनका वकिलको तर्क छ। "उनी अब हिँड्न सक्छन्, तर लामो समयसम्म उभिन भने अझै कठिन छ," ती वकिलले भने।

ताइन्यान जिल्ला अदालतको प्रशासनिक डिभिजनका एक प्रतिनिधिले सञ्चारकर्मीहरूलाई यो एक “दुर्लभ” मुद्दा रहेको र यस्तो मुद्दा विगत एक दशकमा अदालतमा देखिएभन्दा भिन्न रहेको बताए। अदालतले ह्वाङको लापरबाहीका कारण डा. लिन लडेको ठहर गर्दै फैसला सुनाएको हो। मको जातको सुगा ४० सेन्टिमिटर अग्लो र पखेटा फैलिँदा ६० सेन्टिमिटर चौडा हुन्छ। लिबर्टी टाइम्सका अनुसार उक्त सुगाको आकार ठूलो भएकाले ह्वाङले “सुरक्षाका उपायहरू” अपनाउनुपर्ने न्यायाधीशले बताएका थिए।

सेन्ट्रल न्यूज एजेन्सीले "अन्जानमा चोट पुर्‍याएको आरोपमा" जेल सजाय दिइएको जनाएको छ। ह्वाङले आफूले अदालतको निर्णयको सम्मान गर्ने तर आफूले पालेको चरा आक्रामक नभएको र क्षतिपूर्तिको रकम “निकै धेरै” भएका कारण पुनरावेदनमा जाने सोच बनाएको बताएका छन्। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो