२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ताइवानमा सुगाले चिकित्सकलाई घाइते बनाएपछि मालिकलाई जेल र एक करोड बढी जरिवाना

२०७९, १८ माघ बुधबार ०८:०९

माघ १८, काठमाडौँ | ताइवानमा सुगा पालेका एक व्यक्तिलाई दुई महिना जेल सजाय र ९१,३५० अमेरिकी डलर (झन्डै एक करोड १९ लाख रुपैयाँ) जरिवाना सुनाइएको छ। उनको सुगाले एक चिकित्सकलाई घाइते बनाएपछि त्यस्तो सजाय सुनाइएको हो। ताइवानको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उक्त सुगाका कारण लडेका डा. लिनको कम्मरको जोर्नी खुस्किएको थियो भने कटि चर्किएको थियो।


डा. लिनको ढाँडमा चढेर उक्त सुगाले बारम्बार पखेटा फटफटाउँदा उनी हडबडाएका थिए। सजाय सुनाइएका सुगापालकलाई ह्वाङ नामले चिनाइएको छ। उनले मको जातको अर्को सुगा पनि डा. लिन दौडिरहेको ठाउँनजिकै उडाउन लगेका थिए। डा. लिनले ती चरापालकको लापरबाहीका कारण आफूलाई चोटको लागेको दाबी गर्दै मुद्दा दायर गरेका थिए। उनले आफूले बेहोर्नुपरेको आर्थिक नोक्सानीको क्षतिपूर्तिको समेत मागदाबी गरेका थिए। डा. लीले आफू एक साता अस्पताल भर्ना भएको र आधा वर्षभन्दा लामो अवधि काम गर्न असक्षम भएको अदालतमा बताएका थिए। उनले आफू निको हुन छ महिना लाग्ने र तीन महिना विशेष स्याहारको आवश्यकता परेको पनि बताएका थिए।

दुर्लभ मुद्दा

उनका वकिलले टीभीबीएस न्यूजलाई बताएअनुसार डा. लिन प्लास्टिक सर्जन हुन्। शल्यक्रिया गर्न "लामो समयसम्म उभिनुपर्ने भएको" तर चोटका कारण त्यसो गर्न नसक्ने भएकाले ठूलो हानि भएको उनका वकिलको तर्क छ। "उनी अब हिँड्न सक्छन्, तर लामो समयसम्म उभिन भने अझै कठिन छ," ती वकिलले भने।

ताइन्यान जिल्ला अदालतको प्रशासनिक डिभिजनका एक प्रतिनिधिले सञ्चारकर्मीहरूलाई यो एक “दुर्लभ” मुद्दा रहेको र यस्तो मुद्दा विगत एक दशकमा अदालतमा देखिएभन्दा भिन्न रहेको बताए। अदालतले ह्वाङको लापरबाहीका कारण डा. लिन लडेको ठहर गर्दै फैसला सुनाएको हो। मको जातको सुगा ४० सेन्टिमिटर अग्लो र पखेटा फैलिँदा ६० सेन्टिमिटर चौडा हुन्छ। लिबर्टी टाइम्सका अनुसार उक्त सुगाको आकार ठूलो भएकाले ह्वाङले “सुरक्षाका उपायहरू” अपनाउनुपर्ने न्यायाधीशले बताएका थिए।

सेन्ट्रल न्यूज एजेन्सीले "अन्जानमा चोट पुर्‍याएको आरोपमा" जेल सजाय दिइएको जनाएको छ। ह्वाङले आफूले अदालतको निर्णयको सम्मान गर्ने तर आफूले पालेको चरा आक्रामक नभएको र क्षतिपूर्तिको रकम “निकै धेरै” भएका कारण पुनरावेदनमा जाने सोच बनाएको बताएका छन्। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण