२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकपछि अर्को दबाबका कारण पुरानै गठबन्धनतिर ढल्कँदै प्रचण्ड

२०७९, २२ माघ आईतवार ०३:४०

माघ २२, काठमाडौं | एमालेसँगको सहकार्यमा नयाँ सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले डेढ महिना बित्दानबित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतिर ढल्किन थालेको छ। पूर्वसहमतिअनुसार कांग्रेस सरकारको नेतृत्व दिन तयार नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। 

दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिनाबीचमा सत्ता साझेदार दलहरूको एकपछि अर्को दबाबका कारण माओवादी केन्द्रका नेता कांग्रेससहितको पुरानो गठबन्धनलाई निरन्तरता दिने कसरतमा जुटेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलापछि सत्ता साझेदार दलमा बढ्दै गएको असन्तुष्टि र प्रधानमन्त्रीमाथि निरन्तरको दबाबले माओवादी केन्द्र अहिलेको गठबन्धनको विकल्प खोज्नेसम्मको अवस्थामा पुगेको निकट स्रोतको दाबी छ।

सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपाठ नआउँदै लामिछानेलाई फेरि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिन एमालेसहितका दलहरूबाट निरन्तर दबाब आउनु ठिक नभएको प्रधानमन्त्री दाहालनिकट एक नेताले बताए। ‘गठबन्धन जोगाउने नाममा जुनसुकै सम्झौता र दबाब मान्नुपर्छ भन्ने छैन,’ ती नेताले भने, ‘रवि लामिछानेलाई मात्र होइन, उनको पार्टीलाई पनि गृह मन्त्रालय अब दिन सकिँदैन |' यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण