भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । भेडेटार गाविसको भेडेटार बजार क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । भेडेटार गाविसको भेडेटार बजार क्षेत्र"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात ‘भेडेटार’

६ श्रावण २०७३, बिहीबार १९:३३

भेडेटार नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलको धनकुटा जिल्लामा पर्ने एक गाउँ विकास समिति हो । भेडेटार गाविसको भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ। यो ठाउँ धरान नगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । अझ भेडेटारको भ्यू टावर अर्थात चार्ल्सप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकैपटक हेर्नसकिन्छ ।

पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार पनि हो । यहाँबाट धनकुटा सदरमुकाम ३६ कि.मी. दूरीमा रहेको छ। भेडेटारबाट पाँचथर जिल्लाको राँकेसम्मको निर्माणधिन सडक पूर्वतर्फगएको छ भने आहाले हुँदै वराहक्षेत्र जाने निर्माणधिन सडक पश्चिम तर्फगएको छ । उच्च पहाडमा रहेको वाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ। यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्यावलोकनकालागि तर्राई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् । भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ। २०३८ सालमा वेलायतका युवराज चार्ल्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चार्ल्सप्वाइन्ट नामकरण गरिएको हो । चार्ल्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पो सम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्यावलोकन टावर निर्माण भइरहेको छ । भेडेटारबाट नजीकै उत्तरपट्टी राजमार्गको "नमस्ते मोड" छेउमा रमणीय नमस्ते र्झना बगेको छ । भेडेटारबाट केही पश्चिममा ऐतिहासिक साँगुरीगढी (साँगुरी भञ्ज्याङ) रहेको छ। यातायात, सञ्चार र होटल, रेस्टुरेन्ट आदिको राम्रो सुविधा भएको भेडेटार पर्यटकीय महत्वको स्थानको रूपमा अझ विकसित हुदै जाने सम्भावना रहेको छ ।

- विकिपिडियाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले