चैत १, काठमाडौं । सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ ।
उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो ।
राष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।
जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ ।
नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।