१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने

२ चैत्र २०७९, बिहीबार ०६:३४

चैत २, काठमाडौं | उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ ।  एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । 


‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका छौ । यस्तो अवस्थामा अब हामीले रोजेको मन्त्रालय पाउनुपर्छ’, नेता पाण्डेले भने, ‘अर्थ, गृह र भौतिक योजनाजस्ता मन्त्रालयमा हाम्रो स्वतः दाबी रहन्छ । हामी तीनभन्दा कम मन्त्रालय लिएर सरकारमा जाँदैनौ ।’

नेकपा एकीकृत समाजवादीमा नेता पाण्डेसहित प्रकाश ज्वाला, भानुभक्त जोशी, धनबहादुर बुढा मन्त्रीका आकांक्षी छन् । त्यस्तै राष्ट्रियसभा सदस्य बेदुराम भुसाल पनि मन्त्रीका आकांक्षी भएकाले भुसालको नेतृत्वमा सरकारमा पठाउनुपर्छ मत रहेको समाजवादीका नेताहरूको भनाइ छ । उपराष्ट्रपतिको निर्वाचन पछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएर मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । एमाले र राप्रपा सरकारबाट बाहिरिँदा प्रधानमन्त्री प्रचण्डको काँधमा १६ वटा मन्त्रालय छन् ।

नेता पाण्डेले अरूले छोडेका मन्त्रालयमा आफ्नो पार्टीले चित्त बुझाउन नसक्ने पनि बताए ।  ‘अरूले जुन मन्त्रालय छोड्छन् त्यसमा हामीले चित्त बुझाउने अवस्था छैन । किनभने प्रमुख पदहरूमा हामीले कांग्रेस, माओवादी र समाजवादीलाई सहयोग गरेका छौ । त्यस्तो अवस्थामा हामीले मन्त्रालय रोज्न पाउनुपर्छ’, पाण्डेको भनाइ छ । यद्यपि उनले मन्त्रालय भागबन्डाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुन बाँकी नै रहेको बताए । 

नेता पाण्डेका अनुसार एकीकृत समाजवादीबाट कसलाई सरकारमा पठाउने भन्ने निर्णय चैत ५ गते सचिवालय बैठक बसेर निर्णय गर्ने बताए ।  ‘सम्भवतः चैत ५ गते सचिवालय बैठक बस्छ, त्यो बैठकमा सरकारमा जाने पात्रबारे छलफल हुन्छ’, पाण्डेको भनाइ छ । 



     



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ