१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘तिमीलाई हेर्ने बानी पर्‍यो’ गीतको फिमेल भर्सनबाट कमब्याक गर्दै पल शाह

२ चैत्र २०७९, बिहीबार ०७:१२

चैत २, काठमाडौं | अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । रुकुममा जारी महोत्सवमा सहभागी हुन उनी बुधबार खलंगा पुगे । बहिनी रोशनीसँगै हेलिकप्टर चढेर उनी त्यहाँ पुगे । महोत्सवमा उनले गीत गाएर प्रस्तुति पनि दिए ।

हजारौं दर्शक सहभागी कार्यक्रममा पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै फ्यानको मन जित्ने प्रयास गरे । उनले जेल जीवनको अनुभव पनि बाँडे । उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत अभिनयमा पुनरागमन गर्न लागेको घोषणा समेत गरे ।

एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए । दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।

महोत्सवमा उनले आफू अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’को चर्चित गीत ‘तिम्रो घरको वरिपरि’ गाएर सुनाएका थिए । गत महिना तनहुँ कारागारबाट रिहा भएपछि पल घरमै आराम गरिरहेका छन् । निकट स्रोतका उनका अनुसार उनी केही फिल्मको तयारीमा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ