२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्ड नेतृत्वको सरकारमा १० मन्त्रालयमा कांग्रेसको दाबी

२०७९, २ चैत्र बिहीबार ०७:५०

चैत २, काठमाडौं | नेपाली कांग्रेसका नेता एवं सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । यसबारे अहिले पार्टीपंतिमा कुनै छलफल नै नभएको र प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिएपछि मात्रै यसबारेमा छलफल हुने उनले बताए ।

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रालय र नेतृत्वका बारेमा छलफल हुने बताए । ‘कांग्रेसबाट प्रचण्ड नेतृत्वको सरकारमा कसले नेतृत्व गर्ने भन्नेबारेमा टुंगो लागेकै छैन । यसबारेमा छलफल नै भएको छैन । प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि पार्टी सभापतिजीले मन्त्रालय र नेतृत्व बारेमा छलफल गर्नुहुन्छ,’– निधिले भने ।

साथै, प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले आठ देखि दश वटा मन्त्रालयको दाबी गरिरहेको उनले बताए । ‘अहिलेको सरकारमा सहभागी हुँदा एमालेले पहिले लिएको मन्त्रालय र त्यसमा एक दुई वटा थप हुन्छ । हामीले आठ देखि १० वटा मन्त्रालयको अपेक्षा गरेका छौं । नेतृत्व गरेर सरकारम सहभागी हुन सबै योग्य हनुहुन्छ । पार्टी सभापति शेरबहादुरजीले जसलाई पठाउनुहुन्छ, उसैले पार्टीको पार्टीबाट सरकारको नेतृत्व गर्छ,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति