१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार बनाउँछ : केपी ओली

२ चैत्र २०७९, बिहीबार ११:१३

चैत २, काठमाडौं | नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन नसके नेपाली कांग्रेसले सरकार गठन गर्ने बताएका छन्।

कानुनका विद्यार्थीसँग केपी ओली कार्यक्रममा ओलीले प्रचण्डले विश्वासको मत नपाए संविधान अनुसार ठूलो पार्टीका हिसाबमा कांग्रेसले सरकार बनाउने बताएका हुन्।


'यदी प्रधानमन्त्रीले विश्वासको मत लिन सक्नु भएन भने प्रमुख पार्टीका हिसाबले नेपाली कांग्रेसले सरकार बनाउँछ अहिलेको स्थिति त्यहि होइन र?,' ओलीले भने।

उनले कांग्रेसले पनि सरकार बनाएर विश्वासको मत नपाए प्रतिनिधिसभाको कुनै एक सदस्यले बहुमत पष्टि गरे प्रधानमन्त्री नियुक्त हुने बताए। यदी त्यसो हुन नसके संसद विघटन हुने ओलीले कानुनका विद्यार्थीलाई बताएका थिए।

'संसद विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय होइन। राष्ट्रपतिलाई प्रस्तुत गरेका आधार भरपर्दो लागेन भने प्रधानमन्त्रीले निर्वाचनको मिति तोकेर प्रतिनिधि सभा विघटन गर्नुपर्दछ। संविधानले प्रधानमन्त्रीलाई बाध्य पारेको छ,' उनले भने।

आफूले गरेको संसद विघटनको बचाउ गर्दै उनले आफूले दोस्रो पटकको विघटन बाध्य भएर गरेको बताए।

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन्। उक्त जानकारी संसद सचिवालयलाई प्राप्त भएको संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ