१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘गृहमन्त्रालय लिएर सरकारमा जान्छौं, प्रचण्डपछि डेढ वर्ष माधव नेपाल प्रधानमन्त्री’

३ चैत्र २०७९, शुक्रबार ०६:३७

चैत २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारमा जाँदा आफ्नो पार्टीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहने बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचनको क्रममा संसद भवनमा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्रीले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने बताए ।

विश्वासको मत लिइसकेपछि सरकारलाई पूर्णता दिन धेरै समय नलाग्ने उनको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन । तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’

उनले पार्टीबाट गृहमन्त्रालय लिएर सरकारको नेतृत्व गर्ने आफू नै जाने भन्ने चर्चा स्वाभाविक भएको बताए । उनले अब लगभग दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे । गठबन्धन दलमा अहिले भएको सहमतिमा धोका हुन्छ भन्ने आफूहरुले नसोचेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ