चैत २, काठमाडौँ | संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि मतदान जारी छ। बिहान १० बजेदेखि सुरु भएको मतदानको पछिल्लो अपडेटअनुसार मध्याह्न १२ बजेसम्म ६१० जनाले मतदान गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का सदस्यमध्ये २१८ जनाले आफ्नो मत व्यक्त गरेका छन्। यस्तै, ७ वटै प्रदेश सभाका सदस्यमध्ये ३९२ जनाले आफ्नो मत व्यक्त गरेका छन्।
संघीय संसद्का ३३२ जना सदस्यले मतदान गर्ने छन् भने ७ वटै प्रदेश सभाका ५५० जना सदस्यले मतदान गर्नेछन्। बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजेसम्म जारी रहने छ।