१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्नेछु : यादव

३ चैत्र २०७९, शुक्रबार ०७:२०

चैत ३, काठमाडौँ | उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै नेपाललाई समृद्ध मुलुकका रुपमा विकास गर्ने बताउनुभएको छ । 

आफू उपराष्ट्रपतिमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “संविधानको पालना, रक्षा र राष्ट्रिय एकतालाई प्रवर्द्धन मेरो प्राथमिकता हुनेछ ।” नेपाललाई क्षमतामूलक समृद्ध मुलुकका रुपमा विकास गर्न आफूले भूमिका निर्वाहमा उहाँले जोड दिनुभयाे । 

यादवले उपराष्ट्रपतिमा आफू निर्वाचित भए राष्ट्रपतिको सहयोगीका रुपमा भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थाअनुसार इमान्दारिताका साथ जनताको हितमा काम गर्ने भनाइ व्यक्त गर्नुभयो । 

उपराष्ट्रपति निर्वाचनका लागि विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका उम्मेदवार यादवलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालगायतले समर्थन गरेका छन् भने जनमत पार्टीकी ममता झालाई लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएका छन् । नेकपा (एमाले) तर्फका उम्मेदवार अष्टलक्ष्मी शाक्य हुनुहुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ