२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा रास्वपा अझै अनिर्णित

२०७९, ३ चैत्र शुक्रबार ०७:४९

चैत २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले  उपराष्ट्रपतिको विषयमा अझै निर्णय गरेको छैन । आज उपराष्ट्रपतिको चुनाव हुने दिन भएपनि सो पार्टीले सवा एक बजेसम्म कसलाई मतदान गर्ने भनेर निर्णय गरेको छैन । उपराष्ट्रपतिको मतदान गर्ने समय आज ३ बजेसम्म मात्रै तोकिएको छ । अहिले मतदान जारी छ ।

सो पार्टीका नेताहरुले बैठक जारी भएकाले केहीबेरमा निर्णय गर्ने बताएका छन् । ‘अझै निर्णय भएको छैन । अबको केहिबेरमा उपराष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय हुन्छ, त्यसपछि सार्वजनिक हुन्छ’ रास्वपाका मनिष झाले भने । उपराष्ट्रपतिको चुनावको मतदान सकिन लाग्दा समेत रास्वपाले निर्णय गर्न नसक्दा धेरै चकित परेका छन् । 

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट २ जनाले उम्मेदवारी दिएका छन् । जसमा जसपाबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झाले दिएका उम्मेदवारी  छन् । यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति