१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको पार्टीलाई कर्मचारी आवश्यकता

३ चैत्र २०७९, शुक्रबार १०:३७

चैत ३, काठमाडौँ | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्मचारीको आवश्यकता परेको छ । रास्वपालाई सचिवालय सहायक र लेखापालमा काम गर्ने मान्छे चाहिएको जानकारी दिएको छ । 

रास्वपाले उक्त पदका लागि कर्मशील तथा इच्छुक नेपाली युवाले सात दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्ने सूचना जारी गरेको छ । सचिवालय सहायकका लागि कानुन, आमसञ्चार वा राजनीतिशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । 

त्यस्तै, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान तथा सीप भएको, समसामयिक सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विषयमा जानकार, विज्ञप्ति लेखन, विविध विषयका कार्यविधिलगायत दस्तावेज निर्माणसम्बन्धी ज्ञान र नेपाली टाइपिङ गर्न जान्ने खालको हुनुपर्ने पार्टीले जनाएको छ । 

यता, लेखापालका लागि सम्बन्धित विषयमा स्नातक गरेका र लेखासम्बन्धी सम्पूर्ण कार्य गर्न सक्षम व्यक्तिले आवेदन दिन सक्नेछन् । रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत आवेदन पठाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ