२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको पार्टीलाई कर्मचारी आवश्यकता

२०७९, ३ चैत्र शुक्रबार १०:३७

चैत ३, काठमाडौँ | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कर्मचारीको आवश्यकता परेको छ । रास्वपालाई सचिवालय सहायक र लेखापालमा काम गर्ने मान्छे चाहिएको जानकारी दिएको छ । 

रास्वपाले उक्त पदका लागि कर्मशील तथा इच्छुक नेपाली युवाले सात दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहित आवेदन दिन सक्ने सूचना जारी गरेको छ । सचिवालय सहायकका लागि कानुन, आमसञ्चार वा राजनीतिशास्त्र विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । 

त्यस्तै, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञान तथा सीप भएको, समसामयिक सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विषयमा जानकार, विज्ञप्ति लेखन, विविध विषयका कार्यविधिलगायत दस्तावेज निर्माणसम्बन्धी ज्ञान र नेपाली टाइपिङ गर्न जान्ने खालको हुनुपर्ने पार्टीले जनाएको छ । 

यता, लेखापालका लागि सम्बन्धित विषयमा स्नातक गरेका र लेखासम्बन्धी सम्पूर्ण कार्य गर्न सक्षम व्यक्तिले आवेदन दिन सक्नेछन् । रास्वपाको केन्द्रीय कार्यालयमा उपस्थित भएर वा इमेलमार्फत आवेदन पठाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति