१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लोकगायक लम्सालको अन्त्येष्टि गरियो

३ चैत्र २०७९, शुक्रबार ११:५८

चैत ३, काठमाडौँ | लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जलीे कार्यक्रमको आयोजना गरेको थियो ।

तेह्र दिनसम्मको काम स्याङ्जा गएर नै गर्ने र अस्तु पनि उतै लगेर विसर्जन गर्ने तय भएको गायक लम्सालका भान्जा दीपेन्द्र रेग्मीले जानकरी दिनुभयो । चलचित्र निर्मातासमेत रहनुभएका रेग्मीका अनुसार गायक लम्सालको तीन श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

लम्साल लोक गायन क्षेत्रका पाका गायक मानिनुहुन्छ । स्पेनमा बस्दै आउनुभएका लम्सालको गत फागुन २३ गते ६० वर्षको उमेरमा मृत्यु भएको थियो । स्पेनमा  ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ‘आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीतमार्फत उहाँ स्थापित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ