चैत ५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ।
आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केन्द्रीय समिति र संसदीय दल बैठक बस्ने रास्वपाका महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।
उनले भने‘केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ,’।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे बैठकमा छलफल हुनेछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ।