१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री छान्न माधव नेपाले बोलाए सचिवालय बैठक, क–कसको नाम मन्त्री बन्नेको चर्चामा ?

५ चैत्र २०७९, आईतवार ०६:४२

चैत ५, काठमाडौँ | माधव नेपालले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम फाइनल गर्न पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेसँगै नेपालले आफ्नो दलबाट सरकारमा सहभागी हुनेहरुको नाम टुँगो लगाउने भएका छन् । त्यसको लागि भोलि (सोमबार) उनले सचिवालय बैठक बोलाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) ले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने दुई मन्त्रालय र एक राज्यमन्त्री मात्रै दिन सकिने वचन दिएका छन् । त्यसमा पनि एकीकृत समाजवादीले गृहमन्त्रालयमा दाबी गरेको छ। प्रधानमन्त्री दाहाल माधव नेपालको दललाई सम्मानजनक मन्त्रालय दिन तयार रहेको बालुवाटारको दाबी छ ।

एकीकृत समाजवादीमा १० जना सांसद छन् । अध्यक्ष नेपालबाहेक सबै सांसद मन्त्री बन्ने दौडमा छन् । तर, यसपटक नेपालले राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एक जनालाई नेतृत्व गरेर सरकारमा पठाउने तयारी गरेका छन् ।

पाण्डेले पनि यसअघि उपराष्ट्रपतिको निर्वाचनको दिन (चैत्र ३) गते आफ्नो दलले एक नम्बरको मन्त्रालय पाउने दाबी गरेका थिए । एकीकृत समाजवादीबाट प्रेम आले, कृष्णकुमार श्रेष्ठ, धनबहादुर बुढालगायत मन्त्री बन्ने दौडमा छन् । अध्यक्ष नेपालले भोलिको सचिवालय बैठकमार्फत मन्त्री बन्नेहरुको नाम तय गर्नेछन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ