१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री छनोटका लागि कांग्रेसले तोक्यो मापदण्ड

५ चैत्र २०७९, आईतवार ०७:०४

चैत ५, काठमाडौँ | नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ ।

आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री पठाउँदा योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मिलाएर पठाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भोलि विश्वासको मत दिएपछि सरकारमा जाने प्रक्रिया अघि बढ्छ। हामीले कति मन्त्रालय पाउँछौँ भन्ने गठबन्धन दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। नेतृत्व तहले मोटामोटी गृहकार्य गरिरहेकै अनुसार हुन्छ। त्यसका लागि योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई पनि ध्यान दिएर पार्टी नेतृत्वले निर्णय गर्छ।’

उनले प्रचण्ड नेतृत्वको सरकारले संविधानको रक्षा, समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने दाबी गरे। कांग्रेसबाट अहिले उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङसहित अधिकांश शीर्ष नेताहरू सरकारमा जाने पक्षमा छन्।

कांग्रेसबाट सरकारमा जाँदा उपप्रधानमन्त्रीसहित गृह, अर्थ, परराष्ट्रजस्ता महत्त्वपूर्ण मन्त्रालय पाउने भएकाले शीर्ष नेताहरु नै हौसिएका छन्।

उपसभापति खड्कासहित प्रकाश शरण महत, ज्ञानेन्द्र कार्की, उदय शमशेर जबरा, डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, किशोरसिंह राठोर, बद्री पाण्डे, मोहन बस्नेत, आरजु राणा देउवालगायत शीर्ष नेताहरूको नाम चर्चामा छ।

सत्ता गठबन्धनमा कांग्रेसले बढीमा ८ मन्त्रालय पाउने सम्भावना छ। तर, पार्टीका शीर्ष नेताहरू नै मन्त्रीको दौडमा लागेपछि पार्टी सभापति देउवालाई मिलाउन हम्मे हम्मे पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ