१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पाँच दलद्वारा लोकतान्त्रिक मधेसी मोर्चा घोषणा

५ चैत्र २०७९, आईतवार ०८:२३

चैत ५, काठमाडौँ | तराई मधेस केन्द्रित विभिन्न पाँच वटा दल मिलेर लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गरिएको छ ।  तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टीले ‘लोकतान्त्रिक मधेसी  मोर्चा’ बनाएका हुन् । जनकपुरस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको पाँच दलको बैठकले सो मोर्चा बनाउने सहमति गरेको तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंहले जानकारी दिए । 

उनले बैठकमा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए । ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र २०७९ चैत्र १३ गते सार्वजनिक गर्ने निर्णय गरेको तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए । 

बैठकमा तमलोपाका अध्यक्ष लाल र वरिष्ठ नेता  सिंह, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रिय सद्भावना पार्टीको महासचिव रविन्द्र प्रसाद सिंहलगायतका नेताहरुको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ