१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मतपेटिका तोडफोडपछि डोटी बहुमुखी क्याम्पसको निर्वाचन स्थगित

५ चैत्र २०७९, आईतवार ११:३३

चैत ५, काठमाडौँ | डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव निकट विद्यार्थीले मतपेटिका फुटाएपछि मतदान स्थगित भएको हो।

उनले मत पेटिकालगायत अन्य सामग्री तोडफोड भएकाले मतदान गर्न गराउन सम्भव नभएको निर्वाचन अधिकृत हर्कबहादुर कँडेलले जानकारी दिए।

मतदाताको परिचयपत्रसमबन्धी सामान्य विवाद भइरहेकै समयमा केहि व्यक्ति भित्र प्रवेश गरी मतपेटिका तोडफोड  गरेका थिए । निर्वाचन करिब ७५ प्रतिसत सम्पन्न भइसकेको निर्वाचन समितिले जनाएको छ ।

डोटी बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या ८०९ रहेको छ।

निर्वाचन समितिले सूचना जारी गर्दै केही अराजक व्यक्तिले मतपेटिका तथा अन्य सामग्री तोडफोड गरेका कारण निर्वाचन स्थगित भएको जानकारी दिएको छ । 

निर्वाचन हार्ने भएपछि अनेरास्ववियु लगायतका संगठनहरुले अराजक कार्य गरेको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । अहिले नेपाल विद्यार्थी संघका नेता तथा विद्यार्थीले सुरक्षा कमजोरका कारण घटना घटेको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरिरहेको छ । नेविसंघले निर्वाचन सुचारू गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ