चैत ६, काठमाडौँ | राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
प्रतिनिधिसभामा एक सिट रहेको जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
यसअघि २६ पुसमा जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थिएन । प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक आज विश्वासको मत लिन लागेका हुन् ।