२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्ववियु निर्वाचन : कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

२०७९, ६ चैत्र सोमबार ०७:४३

चैत ६, कर्णाली | स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी)ले वर्चस्व कायम गरेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार यहाँका ४० क्याम्पसमध्ये ३४ क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । विविध कारणले यहाँका छ क्याम्पसको निर्वाचन स्थगित भएको छ । सार्वजनिक नतिजाका हिसाबले अखिल (क्रान्तिकारी)ले १४, नेविसङ्घले छ र अनेरास्ववियुले चार क्याम्पसमा सभापतिमा जीत हात पारेको छन् । 

अखिल (क्रान्तिकारी)मा चतुर्देव हिसुपु क्याम्पस रातापानी मुगुबाट मनसुर कार्की, सिञ्जा बहुमुखी क्याम्पस जुम्लाबाट सन्तोष आचार्य, तिला कर्णाली र जनचेतना बहुमुखी क्याम्पस कालीकोटबाट क्रमशः हिक्मत सिंह र पार्वती सञ्जयाल, स्यार्पु बहुमुखी, सानोभेरी, राडीज्यूला शिक्षा क्याम्पस, शीतल क्याम्पस चौरजाहारी रुकुमपश्चिमबाट क्रमशः किरण विश्वकर्मा, वीरभान भण्डारी, निराजन केसी र दीपक केसी सभापतिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै बन्गाड क्याम्पस, फारुला बहुमुखी क्याम्पस दार्मा र जनकल्याण बहुमुखी क्याम्पस सल्यानबाट क्रमशःअजय विष्ट, वरुण न्यौपाने र एकराज ओली, तथा लिकु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही र जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा सभापतिमा विजयी हुनुभएको छ । 

त्यस्तै नेविसङ्घबाट मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा नरेन्द्र भण्डारी, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल, चामुण्डा कलेज दैलेखमा सुनिल शाही, नन्दादेवी बहुमुखी क्याम्पस कालीकोटमा जुनिता विष्ट र गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का सभापतिमा निर्वाचित हुनुभएको छ । 

त्यसैगरी सिम्ता बहुमुखी, अमरदीप, हिमशिखर बहुमुखी र भेरी क्याम्पस गुमी सुर्खेतबाट क्रमशः घनश्याम रेग्मी, अनुप ढकाल, सिर्जना रसाइली, शक्ति पौडेल अनेरास्ववियुबाट सभापतिमा विजयी हुनुभएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार अब १० क्याम्पसको मत सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति