२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले र राप्रपा अस्थिरताको कारक बन्दा यहाँ आइपुगेका हौँ – प्रचण्ड

२०७९, ६ चैत्र सोमबार ०७:५८

चैत ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यति छिट्टै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्था आउला भनेर नसोचेको बताएका छन्।

प्रधानमन्त्री भएको तीन महिनामै दोस्रो संसद्लाई विश्वासको मत माग्दै यस्तो बताएका हुन्।

उनले भने, ‘फेरि विश्वासको मतको लागि यति छिट्टै संसद्सँग अनुरोध गर्नुपर्ने अवस्था आउँला भन्ने मैले सोचेकै थिइन। राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेका थियौँ। मैले मात्रै नभएर सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गर्नुभएको थियो।’

उनले क्याबिनेटमा पनि प्रधानमन्त्री र मन्त्रीहरुबीच कुनै मतभेद नभएको बताए। ‘राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनको मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि यहाँ आइपुगेका हौँ’ उनले भने।

सरकारबाट बाहिरिने मन्त्री र पार्टीहरूले नै त्यसको जवाफ दिनुपर्ने बताए। उनले एमाले र राप्रपा नै अस्थिरताको कारक भएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति