१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रवि लामिछानेलाई ‘क्लिन चिट’ दिने प्रहरी र सरकारी वकिलको विरुद्द अख्तियारमा उजुरी दर्ता

६ चैत्र २०७९, सोमबार ०८:१५

चैत ६, काठमाडौँ | दोहोरो राहदानीसम्बन्धी विवादमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई 'क्लिन चिट' दिने प्रहरी र सरकारी वकिलको विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सर्वोच्च अदालतमा रिट हालेर लामिछानेको सांसद र मन्त्री पद खुस्काइदिएका सिन्धुलीका युवराज सफलले महान्यायाधिवक्ता,प्रहरी र सरकारी वकिलविरुद्द आज अख्तियारमा निवेदन दर्ता गराएका हुन् । सी-०४८३०१ दर्ता नम्बर रहेको निवेदनमा मुद्दा चलाउन यथेष्ट प्रमाण हुँदाहुँदै सरकारी मिलेमतोमा लामिछानेलाई उन्मुक्ति दिइएको दावी गर्दै अनुसन्धानको सक्कल मिसिल झिकाएर आवश्यक अनुसन्धान अघि बढाउन माग गरिएको छ । 

 युवराजले जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर कार्की, मुद्दा शाखाका एसपी, डिएसपी र अनुसन्धान अधिकृतसमेतको मिलेमतोमा लामिछानेलाई सफाई दिन जिल्ला वकिलको कार्यालयमा गलत प्रतिवेदन बुझाइएको जिकिर गरेका छन् । 

'तत्कालिन अमेरिकी नागरिक रवि लामिछानेले अमेरिकी नागरिकता कायम हुँदै राहदानी विभागलाई गुमराहमा राखेर नेपालि राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा राहदानी दुरुपयोगसम्बन्धी फौजदारी कसूरमा किटानी जाहेरी दिएको थिएँ । तर, हालसालै जिल्ला प्रहरी परिसरका एसपी दानबहादुर कार्की, मुद्दा शाखाका एसपी, डिएसपी, अनुसन्धान अधिकृतसमेतको मिलेमतोमा सफाई दिनुपर्छ भनि जिल्ला वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको पाइयो', निवेदनमा भनिएको छ । 

मुद्दा चल्ने यथेष्ट प्रमाण हुँदाहुँदै कसूरदारलाई पक्राउ नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ र शक्ति केन्द्रको चलखेलमा फौजदारी कसुरका कसूरदारलाई उम्क्याउन प्रहरीले आफ्नो अख्तियारीको गलत प्रयोग गरेकाले तत्काल अनुसन्धान प्रतिवेदनको सक्कल मिसिल झिकाई आवश्यक अनुसन्धान गरी दोषी प्रहरी अधिकारीहरुलाई कारवाही गर्न युवराजले माग गरेका छन् ।  

त्यस्तै, सर्वोच्च अदालतको  संवैधानिक इजलासले समेत राहदानी ऐन २०२४ र २०७६ बमोजिम लामिछानेको राहदानीसम्बन्धी मुद्दा निरुपण गर्नुपर्ने फैसला गरेको स्मरण गराउंदै निवेदनमा महान्यायाधिवक्ता, उच्च सरकारी वकिलको कार्यालय र सरकारी वकिलको कार्यालय काठमाडौँ पनि यसका मतियार रहेको दावी गरिएको छ ।   

'जिल्ला सरकारी वकिल कार्यालयका काठमाडौँका प्रमुख अच्युतमणि न्यौपाने, उच्च सरकारी वकिल कार्यालय पाटनका कार्यालय प्रमुख कृष्णमोहन कोइराला र महान्यायाधिवक्ता कार्यालयका प्रमुख दिनमणि पोखरेलले समेत पदीय दायित्व एवम् अख्तियारी दुरुपयोग गरि लामिछानेलाई क्लिनचिट दिने निर्णय गरेकाले त्यससम्बन्धी सक्कल फाइल झिकाई अनुसन्धान गरी हदैसम्मको कारवाही गरिपाउँ', निवेदनमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ