१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डप्रति लिङ्देनको कटाक्ष– दुई महिनामा विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री !

६ चैत्र २०७९, सोमबार ०९:४०

चैत ६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गतेको सहमति फेरेको र बाटो मोडेको कारण आफूहरू सरकारबाट बाहिरिएको बताएका छन् ।

दुई महिनामै विश्वासको मत लिने भाग्यमानी प्रधानमन्त्री भनेर उनले प्रचण्डप्रति कटाक्ष समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै लिङ्देनले प्रधानमन्त्रीले सहमति तोडेका कारण लाचार भएर सरकार छाडेको बताएका हुन् ।

‘संसद्मा जुहारी चलाउने मन छैन, भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । दुई महिनामा विश्वासको मत लिन पाउने । वैशाख २० तिर फेरि यस्तै दिन नआओस्,’ लिङ्देनले भने ।  

आफू छोटो समय सरकारमा रहँदा चार वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुला गरेको स्मरण उनले गरे ।

प्रधानमन्त्रीलाई राप्रपाको विश्वासको मत नचाहिएको भन्दै उनले विश्वासको मत नदिने जानकारी गराए । 

नयाँ यात्राका लागि उनले प्रचण्डलाई शुभकामना समेत दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ