१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव

६ चैत्र २०७९, सोमबार ०९:५९

चैत ६, काठमाडौँ | जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मुलुकमा देखापरेको सङ्कटलाई समाधान गर्न सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सदनलाई जानकारी गराउनुभयो ।

सांसद यादवले संविधानको संरक्षण, सङ्घीयताको कार्यान्वयन वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताउनुभयो । मुलुकको आर्थिक सूचक जटिल अवस्थामा पुगेको भन्दै उहाँले आर्थिक सङ्कट समाधान गर्न पनि सरकारलाई विश्वासको मत दिनुपर्ने बताउनुभयो ।

“कूल ग्राहस्थ्य उत्पादनमा कृषिको योगदान घटेको छ, किसानलाई मलमा अनुदान मात्र दिइएको अवस्था छ । सिँचाइ, बिउमा पनि थप अनुदान दिनुपर्नेछ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकारको ध्यान जानुपर्छ ।”

 सेवा क्षेत्रको योगदान पनि घट्दै गइरहेको अवस्था रहेको भन्दै उहाँले बैंकले प्रवाह गर्ने कर्जा खराब क्षेत्रमा बढ्दै गएको बताउनुभयो । मुलुकमा व्यापारघाटा बढ्दै गएको अवस्थामा सरकार सञ्चालनमा कठिनाइ हुँदै आएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ