१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डजी बालकोटबाट फर्किनुभयो, त्यसैले हाम्रो सर्मथन छ : चित्रबहादुर केसी

६ चैत्र २०७९, सोमबार ११:०२

चैत ६, काठमाडौँ | राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन्।

२ महिनाअघि पुसमा विश्वासको मत नदिने भनि बसे पनि अहिले नयाँ गठबन्धनमा सहभागी भएकाले विश्वासको मत दिने निर्णय गरेको उनले बताए।

‘पुस १० गते प्रधानमन्त्री बालकोटको सर्मथनमा जानु भएको थियो। संसदका सबैले विश्वासको मत दिँदा हामीले नदिने निर्णय गर्‍यौं,’ उनले भने,  ‘तर, अहिले उहाँ बालकोटबाट पुरानो गठबन्धनमा फर्किनुभएको छ। त्यसैले मत दिने पक्षमा छौं।’

संसद्‌भित्र सबै पार्टीहरुले प्रधानमन्त्रीलाई २ महिनााभित्र सहमति दिएर उत्पात गरे पनि अहिले के भयो? भन्दै केसीले प्रश्न गरे। उनले अहिलेको निर्वाचन प्रणाली अनुसार सरकार बनाउन र टिकाउन मुस्किल भएकाले यस्तो निर्वाचन प्रणालीले लोकतन्त्रलाई बचाउन नसक्ने दाबी गरे।

गणतन्त्र र लोकतन्त्र धरापमा परेको केसीले दाबी गरे। उनले विगतमा पाँच दल हुँदाहुँदै बालकोट गएकाले प्रचण्डलाई समर्थन नगरेको बताए। 

‘२०७४ सालमा हामीले बालकोटलाई विश्वास गरेकै हो नि तर त्यो देखिएन नि,’ उनले भने,  ‘कोही नरिसाउनुस् संसद्‌मा भएको ठूलो दलले सरकार बनाउनुपर्ने हैन। अनि तेस्रो दल समात्न हिँड्ने के हो? यस्तै हुन्छ ससदीय प्रणाली?’

उनले अहिले देशको अर्थतन्त्र संकटमा रहेको बताए। देशमा रोजगारी नपाएर युवाहरु विदेश पलायन भइरहेको भन्दै नेता केसीले चिन्ता व्यक्त गरे। तर दलहरु भने एकपछि अर्को सरकारमा को जाने भन्दै प्रतिस्पर्धामा मात्र लागेको आरोप लगाए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ