१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मलाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर म बालकोट गएको होइन : प्रचण्ड

६ चैत्र २०७९, सोमबार ११:४०

चैत ६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत पुस १० गते आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भनेर बालकोट नगएको बताएका छन्।

सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले आफू प्रधानमन्त्री खोज्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट नगएको बताए।

‘तपाईंहरुले (एमाले नेताहरूले) केही समयदेखि बल गर्दै हुनुहुन्थ्यो आइदिए हुन्थ्यो भनेर। मचाहिँ यतै (कांग्रेस नेतृत्वको गठबन्धनतिर) बल गर्दै थिएँ। म यही गठबन्धन बढी नेचुरल छ, यतै बल गर्दै थिएँ, अन्तिम समयमा पनि। त्यसकारण म खोज्दै गयो भन्नुभयो भने त्यो सत्य होइन’, उनले भने।

प्रचण्डले आफूलाई एमालेबाट बोलाइएको बताए। ‘अनेक गरेर बोलाउनुभयो। के के गर्नुभयो, अहिले म भन्दिनँ। तपाईंहरुले कांग्रेसलाई के भन्नुभयो, मलाई के भन्नुभयो, अर्को मेरो साथीलाई के भन्नुभयो, बोलाउनु तपाईंहरुले भयो। बाइ द वे, म जानुपर्ने परिस्थिति बन्यो, गएँ’, उनले भने।

गत पुस १० गते प्रचण्ड एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए। त्यहीँ नयाँ सत्ता साझेदारी बनेको थियो।

आफूलाई प्रधानमन्त्री बनाएकोमा ओलीप्रति आफूले आभार व्यक्त गरेको बताए। उनले भने, ‘मैले तपाईंलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो। तपाईंले तिर्नुभयो। अझै एउटा बाँकी छ। एउटा त तिर्नुभयो। एउटा बाँकी छ। हिसाब राख्नुहोला’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ