१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

१५ वर्षीया विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा जेल गए शिक्षक

७ चैत्र २०७९, मंगलवार ०५:४१

चैत ७, चितवन | आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्। चितवनको भरतपुरकी १५  वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो।

भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ वर्षको उमेरमा नर्सिङको तयारी कक्षा पढ्न गएकी बालिका शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।

बालिकाले जाहेरीमा शिक्षक क्षेत्रीले १४ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका जाहेरीमा उल्लेख गरेकी छन्। उनी गत मंसिर १४ गतेदेखि १५ वर्ष लागेकी छन्। भरतपुर-१२ घर भए पनि भरतपुर-१० मा डेरा लिएर शिक्षक क्षेत्रीले यौन शोषण गर्दै आएको उनले बताइन्। शिक्षकले पटक-पटक आफूमाथि बलात्कार गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्। 

गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा माध्यमिक स्थायी दरबन्दीमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। यौन शोषणमा परेकी पीडित बालिकाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा एक्लै गएर आफूमाथि भएको पटक-पटकको यौन यातनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि मात्रै उनको परिवारले समेत छोरीमाथि भएको यौन यातनाबारे जानकारी पाएका थिए। 

चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले क्षेत्रीलाई प्रमाणका आधारमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो। उनलाई सोमबार नै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ