१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘प्रसाद २’को गीत ‘मार्सी धान’मा विपिन, केकी, आश्मा र सरोजको छमछमी(भिडिओ)

७ चैत्र २०७९, मंगलवार ११:५२

चैत ७ काठमाडौं । चैतको २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएसँगै नै यसले चर्चा पनि पाइरहेको छ । यसैबीच फिल्ममा समावेश पहिलो गीत ‘मार्सी धान’ आज रिलिज गरिएको छ ।

राजनराज सिवाकोटीको शब्द तथा संगीतमा फिल्म ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ । राजनराज र मिलन नेवारको स्वर समावेश गीत रोमान्टिक र डान्सिङ नम्बर लाग्छ । युट्युबमा करोडौं भ्युज प्राप्त गर्न सफल गीत पस्किएका सिवाकोटीले यसमा पनि आफ्नै शैलीको लय बुनेका छन् ।

गीतमा म्युजिक भिडियोको चर्चित जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीलाई देख्न सकिन्छ । शीर्ष कलाकारहरु विपिन कार्की र केकी अधिकारी पनि गीतमा फिचर्ड छन् । यी चारैजना कलाकार गीतमा छमछमी नाचेका छन् । गीतमा विक्रम स्वाँरको नृत्य निर्देशन छ ।

सुदर्शन थापाको निर्देशन र सुशील पौडेलको पटकथा लेखन रहेको फिल्ममा सामाजिक र प्रेमको कथावस्तुलाई प्रस्तुत गरिएको छ । ट्रेलरमार्फत खलपात्रको चरित्रमा देखिएका अर्पण थापाको अभिनयले पनि चर्चा बटुलेको छ । सुवास थापाको प्रस्तुतिमा बनेको फिल्मका निर्माता सुदर्शन बस्नेत हुन् । यो फिल्म चैत २४ गते रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ