१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो सरकार राम्ररी चलाउने जिम्मा कांग्रेसकै हो : शेखर कोइराला

७ चैत्र २०७९, मंगलवार १२:०३

चैत ७ काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड नेतृत्वको सरकारलाई राम्ररी चलाउने जिम्मेवारी कांग्रेसकै भएको बताएका छन् । मंगलबार कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

‘प्रचण्डजीको सरकार छ, १० वटा दल छ भनिन्छ । त्यो १० वटा दललाई सम्हालेर अगाडि बढ्ने जिम्मेवारी पनि नेपाली कांग्रेसकै हो’, उनले भने, ‘नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । यो सरकारलाई राम्ररी चलाएर, देखाएर अगाडि बढ्न सक्छौं भन्ने विश्वास पनि हामीले लिएका छौं ।’

नेता कोइरालाले आर्थिक रुपमा मुलुक कठिन अवस्थामा रहेको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको पनि बताए । ‘नेपाली कांग्रेस १–२ दिनभित्रै हामीहरु सरकारमा जाँदैछौं, अब नेपाली कांग्रेसलाई गल्ती गर्ने छुट छैन भने पनि हुन्छ । कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु हुँदैन’, कोइरालाले भने, ‘यी सबै कुरालाई नेपाली कांग्रेसले अत्यन्तै गम्भीर किसिमले लिएका छौं । र त्यसलाई अगाडि बढाउने जिम्मा अबको कांग्रेसबाट जो नेतृत्व लिएर जानुहुन्छ उहाँहरुको जिम्मामा छ ।’

संक्रमणकालीन न्यायलाई पूर्णता दिँदा पीडितको न्यायलाई हेर्नुपर्ने उनले बताए । यो विषयमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई गम्भीर रुपले हेरिरहेको र सर्वोच्च अदालतले पनि विगतमा आदेश दिएको भन्दै कोइरालाले यी सबै कुरा विचार गरेर संसदमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी ऐन अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ