२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

लाइसेन्स विवादमा स्पटीफाइले प्लेटफर्मबाट हटायो चर्चित बलिउड गीत

२०७९, ८ चैत्र बुधबार ०७:०७

चैत ८, काठमाडौं | गत साता लाइसेन्स सम्झौता नवीकरणको लागि वार्ता असफल भएपछि म्युजिक एप स्पटीफाइले बलिउडका चर्चित गीतहरुलाई हटाएको छ । जी म्युजिक कम्पनीको क्याटलग नै हटाइएको छ भने अन्य केही गीत पनि प्लेटफर्मबाट गायब छन् ।

बलिउड संगीतका प्रयोगकर्ता र फ्यानले स्पटीफाइको यस कदमप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले सदस्यता रद्द गरिदिने धम्की दिएका छन् । जी म्युजिकले पनि संगीत एप गानासँग इजाजतपत्र सम्झौता नवीकरण नगरेपछि उनीहरुको सम्बन्ध तोडियो ।


बिलबोर्डको एक विवरणअनुसार उक्त संगीत एपले एक वक्तव्यमा भनेको छ, ‘स्पटीफाइ र जी म्युजिक इजाजतपत्रको सम्झौतामा पुग्न असमर्थ भएका छन् । यी सबै वार्ताका क्रममा स्पटीफाइले जी म्युजिकसँग सम्झौता गर्न रचनात्मक उपाय खोजिरहेको छ र जारी रहनेछ । चाँडै पारस्परिक रुपमा सहमति हुने कुरामा हामी विश्वस्त छौं ।’

संगीत एपले आफ्नो वेबसाइटमा विश्वका सबै संगीत र पडकास्टमा पहुँच प्रदान नगर्ने डिस्क्लेमर (अस्वीकरण) उल्लेख गरेको छ । जस्तै, यसले प्रकाशक र अधिकारप्राप्त व्यक्तिसँग इजाजतपत्र सम्झौताबारे छलफल गर्छ, ताकि तिनीहरूको संगीतलाई अनलाइनमा सुन्न सकियोस् ।

फ्यानले ट्विटरमा यस कदमबारे गुनासो गरिरहेका छन् । एक प्रयोगकर्ता लेख्छन्, ‘बलिउडसँग स्पटीफाइले दुश्मनी गरिरहेको छ । किनकि दारु देसी र काला चश्मासहितका सबै गीतहरु हटाइरहेका छन् ।’ अर्को प्रयोगकर्ताले भने, ‘स्पटीफाइबाट नागदा स्याङ ढोल र पूरै बलिउड गीत हटाइयो र मेरो हप्ता बर्बाद भयो ।’

सन् २०२२ को फिल्म ‘जर्सी’बाट मैया मैनु, फिल्म ‘ड्राइभ (२०१९) को मख्ना र रईस (२०१७) को जालिमा जस्ता गीतहरू हटाइएका छन् । रोम–कम वीरे दी वेडिङ (२०१८), अवार्ड विजेता गली ब्वाय (२०१९) र पिरियड ड्रामा कलंक (२०१९) का ट्रयाक पनि हटाइएका छन् । युट्युबमा जी म्युजिकका ९३.६ मिलियन सब्सक्राइबर छन् । यो टी सिरिजपछि दोस्रोमा पर्छ । टी सिरिजका युट्युबमा २३९ मिलियन सब्सक्राइबर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति