२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ : प्रधानमन्त्री प्रचण्ड

२०७९, ८ चैत्र बुधबार ०७:२४

चैत ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए । 

‘विदेशमा रहनु भएका सबै दिदीबहिनी दाजुभाइहरू सामाजिक सुरक्षामा जोड्न र देशसँग जोड्न राज्य यहाँहरूसँगै छ भन्ने भावना दिलाउन पाएकोमा खुसी छु । अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षाको व्यवस्था गर्ने सोचिएको छ’ प्रचण्डले भने, ‘ यसको कार्यान्वयनमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु ।’ 

सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजना समेत अघि सारेको प्रचण्डले बताए । ‘अहिले परिस्थितिवश, बाध्यतावश बिदेसिनु परे पनि ती सबै नेपालीहरूप्रति उत्तिकै माया र सद्भाव छ । जहाँ रहे पनि नेपालको अर्थतन्त्रलाई योगदान पुर्‍याउनु भएको छ । देशको विकासमा योगदान पुर्‍याउनु भएको छ’ प्रचण्डले भने, ‘हामीलाई विभिन्न माध्यमबाट झकझकाउनु भएको छ । बेलाबेला खबरदारी गर्नु भएको छ ।’

 योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति