१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने छ : प्रधानमन्त्री प्रचण्ड

८ चैत्र २०७९, बुधबार ०७:२४

चैत ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रलाई समेत सामाजिक सुरक्षा कोषमा समेटिने बताएका छन् । वैदेशिक रोजगारीमा भएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्न कार्यक्रममा बोल्दै उनले सबैलाई सामाजिक सुरक्षा कोषमा जोड्ने प्रतिबद्धता जनाए । 

‘विदेशमा रहनु भएका सबै दिदीबहिनी दाजुभाइहरू सामाजिक सुरक्षामा जोड्न र देशसँग जोड्न राज्य यहाँहरूसँगै छ भन्ने भावना दिलाउन पाएकोमा खुसी छु । अनौपचारिक क्षेत्रमा समेत सामाजिक सुरक्षाको व्यवस्था गर्ने सोचिएको छ’ प्रचण्डले भने, ‘ यसको कार्यान्वयनमा सहयोग गर्न सबैलाई आह्वान गर्दछु ।’ 

सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने योजना समेत अघि सारेको प्रचण्डले बताए । ‘अहिले परिस्थितिवश, बाध्यतावश बिदेसिनु परे पनि ती सबै नेपालीहरूप्रति उत्तिकै माया र सद्भाव छ । जहाँ रहे पनि नेपालको अर्थतन्त्रलाई योगदान पुर्‍याउनु भएको छ । देशको विकासमा योगदान पुर्‍याउनु भएको छ’ प्रचण्डले भने, ‘हामीलाई विभिन्न माध्यमबाट झकझकाउनु भएको छ । बेलाबेला खबरदारी गर्नु भएको छ ।’

 योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने अनुमान गरिएको छ ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम सङ्कलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ