२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कुखुराको मासु खतरनाक ! भ्रूणमा भेटियो प्लास्टिक

२०७९, ८ चैत्र बुधबार ०८:१२

एजेन्सी | भविष्यमा कुखुराको मासु खानु मानिसको लागि खतरनाक हुन सक्छ! किनभने कुखुराको भ्रूणमा प्लास्टिक भेटिएको छ । भ्रूणमा प्लास्टिक भएका कारणले कुखुराको विकास सही तरिकाले हुन छाडेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । साथै त्यस्तो कुखुराको मासु खाएमा स्वास्थ्यमा गम्भीर असर पर्ने बताइएको छ । यो डरलाग्दो खुलासा हालै गरिएको एक अध्ययनमा भएको छ।

अनुसन्धानकर्ताले कुखुराको भ्रूणमा प्लास्टिक फेला पारेसँगै स्वास्थ्यका लागि तुलनात्मक रुपमा सुरक्षित मानिएको कुखुराको मासुप्रति पनि आशंका बढेको छ ।

शोधकर्ताहरुले कुखुराको भ्रूणमा निकै सूक्ष्म प्लास्टिक अर्थात् नानोप्लास्टिक फेला पारेका हुन्, त्यो पनि निकै अधिक मात्रामा । उक्त नानो प्लास्टिकका कारण कुखुराको शरीरका तन्तुमा क्षति पुग्दछ जुन वास्तवमा निकै हानिकारक हुन् । जसका कारण कुखुरा मात्र नभई मानिसमा पनि मुटुसम्बन्धी गम्भीर रोग लाग्न सक्छ । किनभने माइक्रोप्लास्टिक वा न्यानोप्लास्टिकले शरीरमा धेरै साइड इफेक्टहरू निम्त्याउँछ।


यो अध्ययन नेदरल्याण्ड्सको लिडेन विश्वविद्यालयका जीवविज्ञानी मीरु वाङले गरेका हुन् । उनले फ्लोरोसेन्ट माइक्रोस्कोप अन्तर्गत कुखुराको भ्रूण जाँच गरे। कुखुराको भ्रूणमा पाइने नानोमिटर स्केल चम्किलो प्लास्टिक कण। यी भ्रूणको आन्द्राको पर्खाल भित्र सबैभन्दा धेरै मात्रामा पाइन्छ।

वाङले कुखुराको मासुमा सबैभन्दा बढी पोलिस्टेरिन कण भेटिएको बताए । सामान्यतया यो कण कुनै पनि जीवित प्राणीको शरीरमा पाइँदैन। तर कुखुराको भ्रूणको प्रारम्भिक चरणमा प्लाष्टिक भेटिन थालेको छ । नानोप्लास्टिक सामान्यतया माइक्रोप्लास्टिक भन्दा सानो हुन्छ। यी सामान्यतया सिंथेटिक कपडा र प्लास्टिक माइक्रोफाइबरहरूमा पाइन्छ।

अध्ययनका अनुसार प्लास्टिकले जीव तथा पर्याव्रणमा गम्भीर असर पारिरहेको छ । जीवको स्वास्थ्यका लागि प्लास्टिकको धूलोका कणहरु सबैभन्दा ठूलो खतरा बनेका छन् । यी हावाको माध्यमबाट शरीरभित्र प्रवेश गर्दछन् । सन् २०१८ मा विश्वमा ३८ करोड मेट्रिक टन प्लास्टिक उत्पादन भएको थियो । सन् २०२५ मा त्यो दोब्बर हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति