१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रञ्जिता श्रेष्ठ भन्छिन्– अब रेशम चौधरी छुट्नुहुन्छ, म मन्त्री बन्छु

८ चैत्र २०७९, बुधबार ०८:५६

चैत ८, काठमाडौं | पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सहभागी हुने निश्चित भएको छ । सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं मन्त्री बन्न लागेकी हुन् ।

गत संसदीय चुनावमा यस पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३ सिट जितेको थियो । रेशम पत्नी रञ्जिता कैलाली १ बाट विजयी भएकी थिइन् । रेशमका बुवा लालवीर चौधरीले पनि बर्दिया २ बाट जित हासिल गरेका थिए । रञ्जिताले आफ्नो पार्टीले गठवन्धनमा दुईवटा मन्त्रालयको दावी गर्ने बताइन् । यही मन्त्रालय चाहिन्छ भन्ने नभएको उनको भनाइ छ ।‘हामीले दुईवटा मागेका छौं । छलफल चलिरहेको छ । सायद एक–दुई दिनमा टुंगिन्छ होला,’ श्रेष्ठले भनिन् ।

प्रधानमन्त्री प्रचण्डले भने नागरिक उन्मुक्तिका लागि एक मन्त्री छुट्याएका छन् । गठवन्धनमा रहेका ११ वटा पार्टीलाई भाग पुर्याउनुपर्ने भएकाले उन्मुक्तिलाई एकभन्दा बढी मन्त्री दिन सम्भव देखिएको पनि छैन ।उन्मुक्तिले यसअघि उपराष्ट्रपति पदमा प्रयास गरेको थियो । रञ्जिता आफैं सो पदकी आकांक्षी थिइन् । तर, उनको उमेर नपुगेपछि उम्मेदवारी दिनबाट वञ्चित भइन् । अब उनी मन्त्री बन्न कम्मर कसेकी छन् ।तपाईंलाई उपप्रधानमन्त्री चाहिन्छ कि मन्त्रीमात्रै बन्न पनि तयार हुनुपर्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘हामीले उपप्रधानमन्त्री चाहिन्छ भनेका छैनौं ।’

रञ्जिताले आफ्नो पतिको रिहाइका लागि सकारात्मक कुराकानी भइरहेको बताइन् । आफू मन्त्री बन्ने र पति रिहाइ हुने सँगसँगै हुन सक्ने उनको भनाइ छ । ‘हामी अडानबाट पछि हटेका छैनौं । यसमा गृहकार्य भइरहेको छ । छुट्ने भएकाले नै हामी सरकारमा जान लागेका हौं । सायद एकैचोटिजस्तो हुन्छ होला,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ