१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

‘बाध्यताले देश छोड्नुपर्ने अवस्था परिवर्तन गर्छु’: प्रधानमन्त्री

८ चैत्र २०७९, बुधबार १०:१४

चैत ८, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।

वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा श्रम गर्ने युवाहरूकै मेहनतले नेपालको अर्थतन्त्र चलेको भए पनि अब बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

प्रधानमन्त्री दाहालको भनाइ छ– ‘देशमा आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादनशील र सङ्घर्षशील देशको जनशक्तिलाई देशको विकासमा लगाउनुपर्ने चुनौती हामी सबैलाई छ । अहिले बाध्यतावश विदेसिनु परेको युवाहरूले देशको अर्थतन्त्रलाई सहयोग पुराइरहेको छ । बाध्यताले बाहिर जानु परेको अवस्थालाई परिवर्तन गर्ने छौँ ।’

वैदेशिक रोजगारीका लागि बाहिरिने युवाहरुलाई दुःख दिने कार्य सरकारलाई सह्य नहुने बताएका उनले बाध्यताले बाहिरिएका युवाहरूको अवस्था परिवर्तन गर्न देशमा स्वरोजगार सिर्जना गर्न आवश्यक पहल गर्ने वचन दिए ।

प्रधानमन्त्रीले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेकाहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको जानकारी दिए । उनले देश भित्रै जनशक्तिलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक पहल गर्ने वचन दिए ।

सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले वैदेशिक रोजगारीमा रहेकाहरूले आवश्यकता अनुसार यो सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने बताए ।

उनका अनुसार श्रम स्वीकृति दिँदा, श्रम स्वीकृति नवीकरण गर्दा र नवीकरण गर्ने बेला नभएकाहरू समेत वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत कोषमा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ